बीवाईडी गाडीको बिक्रेता साइमेक्स इंकद्वारा ११ महिनामा झण्डै १० अर्बको कारोबार
काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककाे...
काठमाडौं– बीवाईडीको लोकप्रिय ह्याचब्याक कार डल्फिनले १० लाख युनिट बिक्रीको माइलस्टोन हाँसिल गरेको छ । सन् २०२१ अगष्टमा लन्च भएयता डल्फिनले प्रिमियम विद्युतिय ह्याचब्याक कारमा निकै राम्रो बजार पाइरहेको छ ।
४ वर्षमै १० लाख युनिट बिक्री पाएको डल्फिन छोटो समयमै सर्बाधिक बिक्री हुने बीवाईडीको पहिलो मोडल समेत हो । हाल चिनियाँ बजारमा यसको २०२५ मोडल बिक्री भइरहेको छ ।
बीवाईडीको ई–प्लेटफर्म ३.० मा तयार पारिएको डल्फिनमा ४५ र ६० किलोवाट आवर क्षमताको ब्याट्री अप्सन तथा ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।
फास्ट चार्जर समेत सपोर्ट गर्ने यस ईभीलाई ३० मिनेटमै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । फुल चार्जमा यसले ३४० किलोमिटर रेन्ज प्रदान गर्दछ ।
कारमा ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १०.१ इन्च वा १२.८ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन रहेको छ । साथै, अपरेटिङ सिस्टमका रुपमा यसमा बीवाईडीको आफ्नै डिलिंक पाउन सकिन्छ । कारमा ५० वाट क्षमताको वायरलेस फोन चार्जर समेत उपलब्ध गराइएको छ ।
डल्फिन नेपाली बजारमा समेत निकै राम्रो चर्चा पाएको कार हो । विद्युतिय ह्याचब्याक सेग्मेन्टमा प्रिमियम श्रेणीको यस कारको मूल्य ४१ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिक्री गर्दै आएको डल्फिन हालसम्म २ हजार ५०० युनिट हाराहारी बिक्री भएको छ ।
काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककाे...
बीवाईडीको एलएफटी ब्याट्रीबाट चल्ने पहिलो टेस्ला मोडल जर्मनीको...
हालै अर्थात जनवरी १३ मा दक्षिण कोरियाली सरकारले चाइनिज न्यु इनर्जी भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...