एएमटी प्रविधि सहित केटीएमको १३५० सीसी गियरलेस बाइक लन्च

केटीएमले आफ्नो पोर्टफोलियोमा नयाँ बाइक थपेको छ । कम्पनीले आफ्नो पहिलो अटोमेटेड म्यानुअल ट्रान्समिसन (एएमटी ) बाइक २०२५ केटीएम १३९० सुपर एड्भेन्चर एस इभो सार्वजनिक गरेको छ । एएमटी प्रविधि भएको केटीएमको यो पहिलो बाइक हो । सो बाइक म्यानुअल मोडमा वा पूर्ण अटोमेटिक ट्रान्समिसनमा ड्राइभ गर्न सकिन्छ ।

केटीएमले आफ्नो नयाँ बाइकमा पहिले भन्दा ठुलो इन्जिन जडान गरेको छ । पहिले यसको इन्जिन १३०१ सीसी थियो, अहिले यसलाई बढाएर १३५० सीसी गरिएको छ । सो नयाँ इन्जिनले १७३ पीएस पावर र १४५ एनएमको टर्क जेनेरेट गर्छ । बाइकले पर्यावरण अनुकूल बनाउने नयाँ युरो ५ प्लस होमोलोगेशन मापदण्ड पनि पालना गरेको छ ।

सो बाइकको विशेषता भनेको यसको सेमी एक्टिभ सस्पेन्सन टेक्नोलोजी हो, जुन डब्ल्युपीद्वारा विकसित गरिएको हो । यसमा थ्रु-रड सेटअप पनि समावेश छ । यसले राइडिङको समयमा संवेदनशीलता बढाउँछ र सवारी गर्दा घर्षण कम गर्छ । सो प्रविधिले राइडरलाई सडकमा राम्रो परफरमेन्स प्रदान गर्छ ।

बाइक एकदमै नयाँ ८.८ इन्चको ठाडो टीएफटी डिस्प्लेको साथ अपडेट गरिएको छ । साथै, यो एन्टी-रिफ्लेक्स, एन्टी-फिंगरप्रिन्ट र एन्टि-ग्लेयरले सुसज्जित छ । यसमा १९ इन्चको फ्रन्ट ह्विल र १७ इन्चको रियर ह्विल छ । साथै यसमा नयाँ डनलप मेरिडियन टायर जडान गरिएको छ । यसको ब्रेकिङ परफरमेन्समा पनि सुधार गरिएको छ ।

२०२५ केटीएम १३९० सुपर एड्भेन्चर एस इभोमा रेन, स्ट्रिट, स्पोर्ट, अफरोड र कस्टम गरी जम्मा ५ वटा राइडिङ मोड छ । यस बाहेक, बाइकमा बोशको पाँचौं पुस्ताको फ्रन्ट राडार सेन्सर प्रदान गरिएको छ, जसले एड्भान्स सेफ्टी फिचर सपोर्ट गर्छ ।

सम्बन्धित समाचारहरू

बेनेलीको एउटै मोटरसाइकलमा १ लाख १० हजार रुपैयाँ छुट, यस्तो छ कारण

बेनेलीको एउटै मोटरसाइकलमा १ लाख १० हजार रुपैयाँ छुट, यस्तो छ कारण

काठमाडौं – बेनेलीको ११०औं वार्षिकोत्सवको अवसरमा बेनेलीको हालै नेपाल...

दसैं अफर : सीएफमोटो २५० एसआरमा ३० हजार छुट, ६ हजारको हेल्मेट उपहार

दसैं अफर : सीएफमोटो २५० एसआरमा ३० हजार छुट, ६ हजारको हेल्मेट उपहार

काठमाडौं – नेपाली बजारमा उपलब्ध सीएफमोटो २५० एसआर मोटरसाइकल किन्दा पुरै...

अपाचे र पल्सर सिरिजको टक्करमा आउँदै छन् केटीएम आरसी सिरिज

अपाचे र पल्सर सिरिजको टक्करमा आउँदै छन् केटीएम आरसी सिरिज

केटीएम आरसी ३९० केही समयका लागि कम्पनीको वेबसाइटमा राखिएको र तुरुन्तै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...