चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा स्कुटर किन्ने गर्छन् । चाडपर्वको समयमा सवारी साधन किन्ने धेरैको रहर हुन्छ । सो रहर पुरा गर्नु आवश्यक पनि छ ।

यही रहर पुरा गराउनका लागि विभिन्न कम्पनीहरुले आफ्ना सवारी साधनमा विभिन्न अफर उपलब्ध गराएका हुन्छन् । यसकारण यो समयमा धेरै सवारी साधन बिक्री पनि हुन्छन् ।

दुई पांग्रे सवारी साधन किन्नेहरुका लागि कस्ता अफर छन् त ? यी अफरको वारेमा थाहा पाएर त्यसै अनुसार आफ्नो रोजाइको सवारी साधन किन्नु फाइदाजनक हुन्छ । यसले गर्दा अफरको वारेमा जानकारी राख्नु आवश्यक छ ।

ग्यारो डीटी–६० इलेक्ट्रिक स्कुटरमा १५ हजार रुपैयाँको छुट
चाडपर्वको मौसमलाई मध्यनजर गर्दै ग्यारो डीटी–६० इलेक्ट्रिक स्कुटरमा १५ हजार रुपैयाँको छुट अफर उपलब्ध भएको छ । नेपालका लागि ग्यारो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले ल्याएको सो अफर अनुसार हाल ३ लाख ८० हजार मूल्य तोकिएको ग्यारो स्कुटर अब ३ लाख ६५ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

ग्यारो स्कुटरमा उपलब्ध सो अफर अन्तर्गत थप सुविधाहरु समेत उपलब्ध हुनेछ । यसका लागि सहज फाइनान्स सुविधा समेत उपलब्ध हुनेछ । यस अनुसार ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ ग्यारो स्कुटर साट्न सक्ने छन् । यो अवस्थामा पुरानो सवारी साधनको आकर्षक मूल्यांकन गरिने छ । यसका साथै यो समयमा ग्यारो स्कुटर किन्ने ग्राहकले आकर्षक हेल्मेट समेत निःशुल्क प्राप्त गर्नेछन् ।

ग्यारो स्कुटर किन्न चाहने ग्राहकका लागि कम्पनीले सहज फाइनान्स सुविधा समेत उपलब्ध गराउने छ । शुरुमा स्कुटरको मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्ने ग्राहकलाई ६.९९ प्रतिशत ब्याजदरमा ३६ महिना सम्म मासिक किस्ताबन्दीमा बाँकी रकम भुक्तानी गर्ने सुविधा उपलब्ध हुनेछ ।

बेनेली बाइकमा १ लाख छुट
नेपालका लागि बेनेली बाइकको आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले महान चाड बडा दशैं तथा शुभ दिपावली २०८१ को विशेष छुट योजना ‘चढौं बेनेली, बाँडौं खुसी योजना’ सार्वजनिक गरेको छ ।

यस योजनामा ग्राहकहरूले बेनेली बाइकको खरिदमा १ लाख रुपैयाँ सम्मको छुट पाउन सक्नेछन् । यस अफर अन्तर्गत ग्राहकहरूले मनपरेको बाइक तथा स्कुटर खरिद गरी यसपालिको चाडपर्वमा आफ्नो परिवारसँग खुसी बाँड्न सक्नेछन्।

सो अफरमा १२५ सीसीको बेनेली स्कुटर २ लाख ५० हजार रुपैयाँमा उपलब्ध हुनेछ भने बेनेली १८०एस ३ लाख ३० हजार रुपैयाँमा किन्न सकिनेछ । थप रूपमा, ग्राहकहरूले १२ हजार मूल्य पर्ने बेनेली ब्रान्डको हेलमेट निःशुल्क पाउनेछन्। साथै, पुरानो बाइक साटफेर गर्दा अतिरिक्त ३० हजार रुपैयाँका् मूल्याङ्कन गरिनेछ र सम्पूर्ण बीमा तथा आर्थिक वर्षको कर पनि कम्पनीले निःशुल्क रूपमा बेहोर्नेछ ।

यज्दी स्क्र्याम्ब्लरमा १ लाख ५० हजार छुट
यज्दी मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक अग्नि मोटोइंकले फेस्टिभ अफर ल्याएको छ । दशैं तिहार लक्षित उक्त अफरमा यज्दीको स्क्र्याम्ब्लर मोटरसाइकल खरिद गर्दा ग्राहकले १ लाख ५० हजार नगद छुट पाउनेछन् ।

साथै, फाइनान्स सुबिधामा खरिद गर्दा शून्य प्रतिशत ब्याज र ५ वर्षसम्म निःशुल्क सर्भिसिङ पाउने कम्पनीले जनाएको छ ।

अग्नि मोटो इंकले यज्दी स्क्र्याम्ब्लरसहित एड्भेन्चर र रोड्स्टर मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ । यी मोटरसाइकलको मूल्य ९ लाख १६ हजारदेखी ९ लाख ९८ हजारसम्म पर्छ ।

याडिया इलेक्ट्रिक स्कुटर किन्दा १० हजार छुट
याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले दशैं तिहारको अवसरमा विशेष छुटको घोषणा गरेको छ । कम्पनीले आफ्ना लोकप्रिय स्कुटरहरू ई८एस प्रो, जी६ र एम६ लगायत मोडलमा १० हजार छुट दिने योजना ल्याएको हो । यो विशेष छुट सीमित समयको लागि मात्र उपलब्ध हुने जनाइएको छ ।

दशैं छुटको अतिरिक्त कम्पनीले पुराना बाइक र स्कुटरहरूका लागि एक्सचेन्ज सुविधा पनि प्रदान गरिरहेको छ । साथै, ग्राहकको सहजताका लागि ईएमआई सुविधा पनि उपलब्ध रहेको कम्पनी भनाइ छ ।

कम्पनीले बिक्री गर्ने ई८एस प्रो स्कुटरको मूल्य २ लाख ३० हजार, जी६ लाई २ लाख ६० हजार र एम६ को १ लाख ७५ हजार रुपैयाँ पर्छ । यी स्कुटरमा २ वर्ष वा २० हजार किलोमिटर सम्मको वारेन्टि सेवा पाउन सकिन्छ ।

लुयान स्कुटरको दशैं तिहार तथा छठ धमाका अफर
लुयान स्कुटरको नेपालका लागि आधिकारिक वितरक ‘जिरो इमिसन राइड (एन)’ ले ‘दशैं तिहार तथा छठ धमका अफर ल्याएको छ । ‘देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ चीनमा निर्मित गुणस्तरीय र विश्वप्रशिद्ध ब्रान्ड ‘लुयान’का विद्युतीय स्कुटरहरु बिक्री गर्दै आएको कम्पनीले ल्याएको अफर अन्तर्गत लुयानको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुले १० हजार छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यसका साथै, एउटा प्रिमियम हेलमेट, बिमा तथा नामसारी खर्च, चालु आर्थिक बर्षको कर, ६ पटकसम्म निःशुल्क सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत प्राप्त गर्न सकिनेछ ।

अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइनेछ । साथै फाइनान्सको सुविधा समेत पाउन सकिनेछ ।

सीएफमोटो र जिहो ब्रान्डका बाइक र इलेक्ट्रिक स्कुटर किन्दा छुटैछुट
नेपालका लागि सीएफमोटो र जिहो ब्रान्डको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दुवै ब्रान्डका बाइक तथा स्कुटर किन्ने ग्राहकले आकर्षक छुट र थप सुविधा प्राप्त गर्ने बताएको छ ।

सीएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार मूल्य बराबरको फ्रि एसेसरिज पाउन सकिने छ । त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस२ हेल्मेट पाउन सकिने छ ।

जीहो ब्रान्डको एई६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने छ । त्यसैगरी एई४ मा १५ हजार र एई८ मा १० हजार रुपैयाँ नगद छुट पाउन सकिने छ ।

यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सीएफमोटो वा जिहो ब्रान्डका बाइक वा स्कुटर साट्न समेत सकिने छ । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।

केटीएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट
केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ल्याएको फेस्टिभ अफर अन्तर्गत केटीएमको हरेक बाइक खरिदमा विशेष केटीएम राइडिङ ज्याकेट प्राप्त हुनेछ ।

कम्पनीका अनुसार उक्त ज्याकेटले राइडरलाई स्टाइलिस बनाउनुको साथै सुरक्षा र आराम पनि सुनिश्चित गर्दछ, जसले साहसिक यात्रामा अतिरिक्त आत्मविश्वास दिनेछ ।

ग्राहकलाई थप लाभ दिनका लागि, केटीएमले पुरानो बाइक एक्सचेन्ज गर्ने ग्राहकलाई अतिरिक्त १५ हजार थप मूल्यांकन पनि प्रदान गर्ने जनाएको छ । उक्त अफरले नयाँ बाइक खरिदको अनुभवलाई सहज र लाभदायक बनाउनुको साथै ग्राहकले आफ्नो पुरानो बाइकलाई प्रतिस्थापन गरेर, केटीएमको उन्नत र प्रख्यात बाइकको स्वामित्व पाउने अवसर प्राप्त गर्नेछन् ।

होन्डा बाइक वा स्कुटर किन्दा १० लाख सम्म नगद जित्न सकिने, बिग बाइकमा १ लाख छुट
होन्डा टु ह्विलर्सको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्ने छन् ।

यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरुले १० हजार रुपैयाँ सम्मको थप स्क्रयाच कार्ड वा १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन् । यो वाहेक बाई वान गेट वान सर्भिसिङ ७ वर्ष सम्म सित्तैमा पाउन सक्नेछन् । साथै होन्डाको बिग बाइकहरुमा १ लाख रुपैयाँ सम्म छुट पनि पाउन सकिने छ ।

हिरो ब्रान्डका बाइक किन्दा ५ लाख सम्मको क्यास र बम्परमा नेटा भी ईभी
सीजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा एक्कासी मालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भी ईभी कार’ जित्ने अफर पनि ल्याएको छ ।

कम्पनीले ‘दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने छ ।

सुजुकी मोटरसाइकल किन्दा यस्तो छ दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको उपलक्ष्यमा ‘दशैँ आयो क्यास पायो’ स्किम ल्याएको छ ।

यस चाडमा सुजुकीले ल्याएको ‘दशैँ आयो क्यास पायो’ स्किम अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्युनतम ७ हजार देखि ५ लाख सम्म क्यास अर्थात नगद रकम तुरुन्तै पाउने छन् ।

यसका साथै एक्सचेन्ज र फाइनान्सको पनि सुविधा छ । सुजुकीले आफ्नो मोटरसाइकल तथा स्कुटरको विश्वसनियतालाई कायम गर्न ५ वर्षको वारेन्टीका साथै पाँच वर्षकै फ्रि पनि ल्याएको छ ।

टीभीएसको नयाँ युगको आरम्भ योजना
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “नयाँ युगको आरम्भ” नामको विशेष योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

“नयाँ युगको आरम्भ’’ योजना अन्तर्गत वेबसाइटमा गएर नकिन्दै पाँच लाखसम्म जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । र हरेक सप्ताह १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजि फाइनान्स उपलब्ध गराउने बताएको छ ।

बजाज मोटरसाइकल किन्दा आकर्षक सफारी अफर पाइने
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले ‘क्यास सफारी’ नामक नयाँ अफर ल्याएको छ । नेपालीहरुको महान चाडपर्वलाई लक्ष्यित गरी कम्पनीले ‘हात हातमा हात्ती, लकमा लखपति’ नामक अफर ल्याएको हो ।

सो अफर अन्तर्गत बजाजका मोटरसाइकल किन्ने ग्राहकले स्योरसट १०० वटासम्म हात्ती जित्न सक्ने छन् । एक हात्ती बराबर एक हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी हरेक साता एक जोडीलाई चितवनमा जंगल सफारी उपलब्ध गराइने छ भने बम्पर उपहारमा १ जोडीलाई केन्यामा जंगल सफारी उपलब्ध गराइने छ ।

सो अफर अन्तर्गत बजाजका मोटरसाइकल खरिद गर्ने उपभोक्ताले सहज फाइनान्स सुविधा पाउने छन् भने पाँच वर्षसम्मको वारेन्टी सुविधा पाउने छन् ।

यामाहाको ‘बिगेस्ट १०शैं’, एफजेड भी३ मा १० वर्ष वारेन्टी
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु राइड्सले यसपालीको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ। ‘बिगेस्ट १०शैं’ नामक सो योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यासब्याक उपहार प्राप्त गर्न सक्ने छन् ।

यामाहाले यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफजेड भीथ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ। यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शुन्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ।

यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले ग्राहकहरूले यसपालीको दशैं लगायतका चाडपर्व अहिलेसम्मकै ठूलो र भव्य महसुस गर्ने कम्पनीले अपेक्षा गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

इटालियन ब्रान्ड इकोबिट इलेक्ट्रिक स्कुटरमा मनसुन अफर : हरेक मोडलमा २१ हजार छुट

इटालियन ब्रान्ड इकोबिट इलेक्ट्रिक स्कुटरमा मनसुन अफर : हरेक मोडलमा २१ हजार छुट

कठमाडौं – नेपाली बजारमा इटालियन ब्रान्ड इकोबिटका इलेक्ट्रिक स्कुटर...

लिप मोटर सी१० नेपाल सहित एसिया प्यासिफिक बजारमा उपलब्ध हुने, दशैं पछि डेलिभरी योजना

लिप मोटर सी१० नेपाल सहित एसिया प्यासिफिक बजारमा उपलब्ध हुने, दशैं पछि डेलिभरी योजना

काठमाडौं – लिप मोटर इन्टरनेसनलले इलेक्ट्रिक एसयूभी सी१० को पहिलो ब्याच...

भ्यालेन्टाइन डे : बाइक र स्कुटर किन्दा यस्तो छ छुटको व्यवस्था

भ्यालेन्टाइन डे : बाइक र स्कुटर किन्दा यस्तो छ छुटको व्यवस्था

काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । प्रेमी प्रेमिकाहरुका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...