केटीएम १२५, २५० र ३९० ड्युकको विश्वव्यापी रिकल, नेपालमा छैन समस्या
केटीएमले ड्युक सिरिजका १२५, २५० र ३९० मोडलका मोटरसाइकललाई विश्वभरबाट...
केटीएमले ३९० एड्भेन्चरको नयाँ संस्करण लन्च गरेको छ । एड्भेन्चर आर नामले आएको उक्त मोटरसाइकलको मूल्य ३ लाख ७८ हजार भारु निर्धारण गरिएको छ ।
३९० एड्भेन्चर आरमा ३९० एड्भेन्चरको तुलनामा लामो सस्पेन्सन ट्राभल र भिन्न आकारको ह्विल राखिएको छ । सस्पेन्सन ट्राभल दुवै छेउमा २३० मिमीको छ भने स्ट्यान्डर्ड संस्करणमा २०० मिमी फ्रन्ट र २०५ मिमी रियर सस्पेन्सन ट्राभल छ । सो सस्पेन्सन सेटअप ३९० इन्ड्युरोको विशेष मोडलबाट लिइएको हो ।
बाइकमा अल–टेरेन राइडिङका लागि ट्युब्ड मिटास एन्डुरो ट्रेल टायर र अफ–रोडिङमा विशेष ध्यान केन्द्रित गर्न अगाडी २१ इन्च र पछाडी १८ इन्चको क्रस स्पोक ह्विल दिइएको छ ।
३९० एडभेन्चर आर मा रहेका केही उल्लेखनीय विशेषताहरूमा राइड–बाइ–वायर थ्रोटल, एबीएस, अफरोड मोड, -याली–प्रेरित बडीवर्क, द्वि–दिशात्मक क्विक शिफ्टर, अपराइट स्ट्यान्स र १४ लिटर इन्धन ट्याङ्की समावेश छन् ।
३९० एडभेन्चर आरमा केटीएमको उही परिचित ३९९ सीसी सिंगल–सिलिन्डर लिक्विड–कुल्ड पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ४५ बिएचपीको अधिकतम पावर र ३९ एनएमको अधिकतम टर्क जेनेरेट गर्दछ । इन्जिन ६–स्पीड गियरबक्ससँग जोडिएको छ ।
केटीएमले ड्युक सिरिजका १२५, २५० र ३९० मोडलका मोटरसाइकललाई विश्वभरबाट...
केटीएमले आफ्नो एड्भेन्चर मोटरसाइकल २५० र ३९० लाई सिट हाइट कम गरेर नयाँ...
काठमाडौं – नेपाली बजारमा उपलब्ध सीएफमोटो २५० एसआर मोटरसाइकल किन्दा पुरै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...