दसैं अफर : सीएफमोटो २५० एसआरमा ३० हजार छुट, ६ हजारको हेल्मेट उपहार

काठमाडौं – नेपाली बजारमा उपलब्ध सीएफमोटो २५० एसआर मोटरसाइकल किन्दा पुरै ३० हजार रुपैयाँ छुट उपलब्ध हुने भएको छ । त्यसैगरी ६ हजार रुपैयाँ मूल्य पर्ने एक्सिस हेल्मेट समेत उपहारको रुपमा प्राप्त हुनेछ ।

सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक अन्ना इन्टरनेसनलले दसैं फेस्टिभ अफरको रुपमा यो छुट उपलब्ध गराएको बताएको छ । सो अवसरमा १ वर्ष सम्मको इन्स्योरेन्स समेत निःशुल्क उपलब्ध हुनेछ ।

यसरी मोटरसाइकल किन्ने ग्राहकले लक्की ड्रमार्फत वान प्लस नर्ड प्राप्त गर्ने समेत सम्भावना हुनेछ ।

सीएफमोटो २५० एसआर स्पोर्ट्स रेसिङ मोटरसाइकल हो । यसको मूल्य ६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

यो बाइकमा २४९.२ सीसी सिंगल सिलिन्डर लिक्विडकुल्ड इन्जिन रहेको छ, जसले ९७५० आरपीएममा २७.४ एचपी पावर र ७५०० आरपीएममा २२ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्लिपर क्लच सहितको ६ स्पिड गियरबक्स छ ।

बाइकमा बोस ईएफआई सिस्टम रहेको छ । त्यसैगरी एलईडी लाइट, अपसाइड डाउन फोर्क र सीएसटी रेडियल टायर जस्ता विशेषता छन् । यसमा एबीएस र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ । यसलाई स्पोर्ट र रेन गरी दुई राइडिङ मोडमा चलाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

केटिएम र हस्कभर्ना मोटरसाइलको सर्भिस क्याम्प, यस्तो छ छुट र सुविधा

केटिएम र हस्कभर्ना मोटरसाइलको सर्भिस क्याम्प, यस्तो छ छुट र सुविधा

केटिएम तथा हस्कभर्ना मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक हंसराज...

२५० सिसी क्षमताको नयाँ क्रुजर वाइक, मूल्य ७ लाख ५० हजार

२५० सिसी क्षमताको नयाँ क्रुजर वाइक, मूल्य ७ लाख ५० हजार

नेपाली टु ह्विलर बजारमा अर्को एक नयाँ ब्रान्डको क्रुजर वाइक भित्रिएको छ ।...

सर्बाधिक ६ वर्ष वारेन्टीका साथ रनर मोटरसाइकलमा २१ हजार सम्म नगद छुट

सर्बाधिक ६ वर्ष वारेन्टीका साथ रनर मोटरसाइकलमा २१ हजार सम्म नगद छुट

काठमाडौं – बंगलादेशी मोटरसाइकल ब्रान्ड रनरले नेपाली नयाँ वर्षलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...