दसैं अफर : सीएफमोटो २५० एसआरमा ३० हजार छुट, ६ हजारको हेल्मेट उपहार

काठमाडौं – नेपाली बजारमा उपलब्ध सीएफमोटो २५० एसआर मोटरसाइकल किन्दा पुरै ३० हजार रुपैयाँ छुट उपलब्ध हुने भएको छ । त्यसैगरी ६ हजार रुपैयाँ मूल्य पर्ने एक्सिस हेल्मेट समेत उपहारको रुपमा प्राप्त हुनेछ ।

सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक अन्ना इन्टरनेसनलले दसैं फेस्टिभ अफरको रुपमा यो छुट उपलब्ध गराएको बताएको छ । सो अवसरमा १ वर्ष सम्मको इन्स्योरेन्स समेत निःशुल्क उपलब्ध हुनेछ ।

यसरी मोटरसाइकल किन्ने ग्राहकले लक्की ड्रमार्फत वान प्लस नर्ड प्राप्त गर्ने समेत सम्भावना हुनेछ ।

सीएफमोटो २५० एसआर स्पोर्ट्स रेसिङ मोटरसाइकल हो । यसको मूल्य ६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

यो बाइकमा २४९.२ सीसी सिंगल सिलिन्डर लिक्विडकुल्ड इन्जिन रहेको छ, जसले ९७५० आरपीएममा २७.४ एचपी पावर र ७५०० आरपीएममा २२ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्लिपर क्लच सहितको ६ स्पिड गियरबक्स छ ।

बाइकमा बोस ईएफआई सिस्टम रहेको छ । त्यसैगरी एलईडी लाइट, अपसाइड डाउन फोर्क र सीएसटी रेडियल टायर जस्ता विशेषता छन् । यसमा एबीएस र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ । यसलाई स्पोर्ट र रेन गरी दुई राइडिङ मोडमा चलाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

२२ सहरमा डिलरसिप विस्तार गर्दै केटिएम, यी हुन डिलर आह्वान गरिएका स्थान

२२ सहरमा डिलरसिप विस्तार गर्दै केटिएम, यी हुन डिलर आह्वान गरिएका स्थान

काठमाडौं– केटिएम तथा हस्कभर्ना मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज...

ट्रयाक्सन कन्ट्रोल र नयाँ कलर अप्सन सहित केटिएमले ल्यायो नयाँ भर्सनको एड्भेन्चर ३९०

ट्रयाक्सन कन्ट्रोल र नयाँ कलर अप्सन सहित केटिएमले ल्यायो नयाँ भर्सनको एड्भेन्चर ३९०

केटिएमले भारतीय बजारमा २०२२ भर्सनको एड्भेन्चर ३९० अनाबरण गरेको छ । यो नयाँ...

बजेटको मारमा परे २०० सीसी बढी क्षमताका चल्तिका यी बाइक

बजेटको मारमा परे २०० सीसी बढी क्षमताका चल्तिका यी बाइक

आर्थिक वर्ष २०७९/८० का लागि सार्बजनिक गरिएको बजेटमा सरकारले २ सय सीसीमाथि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...