फेब्रुअरीमा भारत मोबिलिटी एक्स्पो, ५० देशका कम्पनी सहभागी हुने
काठमाडौं–भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२७ मा ५० भन्दा बढी देशका १ हजार...
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२७ आगामी फेब्रुअरी ४ देखि ९ सम्म नयाँ दिल्लीमा आयोजना हुने भएको छ। आयोजकले एक्स्पोको मिति, स्थान, टिकट दर र सहभागी हुने अटोमोबाइल ब्रान्डहरूको विवरण सार्वजनिक को छ । यस पटकको एक्स्पोमा इलेक्ट्रिक सवारीसाधन, हाइड्रोजन प्रविधि, सफ्टवेयरमा आधारित सवारीसाधन र भविष्यको मोबिलिटीसँग सम्बन्धित नयाँ प्रविधिहरू मुख्य आकर्षण हुनेछ ।
स्मार्ट मोबिलिटी फर अ बेटर टुमरो भन्ने नारासहित आयोजना हुन लागेको सो एक्स्पोमा ५० भन्दा बढी देशका १ हजार ७५० भन्दा बढी प्रदर्शक सहभागी हुने अपेक्षा गरिएको छ। सो कार्यक्रममा १० लाखभन्दा बढी दर्शक सहभागी हुन सक्ने अनुमान गरिएको छ ।
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२७ नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुनेछ। फेब्रुअरी ४ र ५ तारिख मिडिया र अटोमोबाइल उद्योगसँग सम्बन्धित प्रतिनिधिका लागि मात्र छुट्याइएको छ। सर्वसाधारणका लागि भने फेब्रुअरी ६ र ७ तारिख बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म तथा फेब्रुअरी ८ र ९ तारिख बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म प्रदर्शनी खुला हुनेछ।
यसमा सर्वसाधारणका लागि फेब्रुअरी ६ र ७ तारिखको टिकट मूल्य प्रतिव्यक्ति ३०० भारु तोकिएको छ भने फेब्रुअरी ८ र ९ तारिखका लागि २०० भारु शुल्क लाग्नेछ। साथै फेब्रुअरी ४ देखि ७ तारिखसम्म द्वारकास्थित यशोभूमिमा पनि विभिन्न प्रदर्शन हुनेछ ।
सो एक्स्पोमा अशोक लेल्यान्ड, एथर, बीएमडब्लू, बीवाईडी, होन्डा, टाटा मोटर्स, हुन्डाई, किया, मारुती सुजुकी, महिन्द्रा, मर्सिडिज बेन्ज, रेनो, टोयोटा, भिनफास्ट र एमजीलगायत विभिन्न ब्रान्डहरु सहभागी हुनेछ । साथै यहाँ नयाँ उत्पादन, कन्सेप्ट कार, इलेक्ट्रिक सवारीसाधन र लेटेस्ट टेक्नोलोजी सार्वजनिक हुने अपेक्षा गरिएको छ। उक्त शोमा एक्स्पोसँगै टायर शो, ब्याट्री शो, साइकल शो, मोबिलिटी टेक र स्टिल प्याभिलियन पनि सञ्चालन हुनेछ। त्यस्तै, कम्पोनेन्ट्स शो, निर्माण उपकरण, कृषि मोबिलिटी, एयर मोबिलिटी तथा मेट्रो र सहरी यातायातसम्बन्धी प्रदर्शनी आयोजना गरिनेछ।
टिकट तथा दर्तासम्बन्धी प्रक्रिया कार्यक्रमको आधिकारिक वेबसाइटमार्फत खुला गरिनेछ। यसअघि आयोजना भएका केही संस्करणमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था भए पनि यस पटक निश्चित शुल्क निर्धारण गरिएको छ। इच्छुक दर्शकलाई अग्रिम टिकट बुकिङका लागि आधिकारिक सूचनामा ध्यान दिन सुझाव दिइएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...