फ्रन्ट र रियर क्यामेरासहित ६५० सीसीको नयाँ स्पोर्ट्स बाइक कोभ ६५०आरआर सार्वजनिक

चिनियाँ मोटरसाइकल निर्माता कम्पनी कोभले नयाँ फ्ल्यागसिप स्पोर्ट्स बाइक कोभ ६५०आरआर सार्वजनिक गरेको छ। सो बाइक सार्वजनिक गरेसँगै कम्पनीले उच्च क्षमताको स्पोर्ट्स बाइक सेग्मेन्टमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ। कम्पनीका अनुसार यसको ग्लोबल डेलिभरी सन् २०२७ को तेस्रो त्रैमासिकदेखि सुरु हुने अपेक्षा गरिएको छ।

कोभ ६५० आरआरको सबैभन्दा ठूलो विशेषता यसको नयाँ ६४५ सीसी क्षमताको इनलाइन–फोर सिलिन्डर इन्जिन हो। सो इन्जिनले १३००० आरपीएममा अधिकतम १०८.७ एचपी पावर र ११००० आरपीएममा ६० एनएम टर्क उत्पादन गर्छ। उच्च आरपीएममा पावर उत्पादन गर्ने सो इन्जिनलाई विशेषगरी स्पोर्टी राइडिङ र उच्च प्रदर्शनलाई ध्यानमा राखेर तयार पारिएको हो।

नयाँ कोभ ६५०आरआरमा ट्विन स्पार फ्रेम प्रयोग गरिएको छ, जसमा इन्जिनलाई स्ट्रेस्ड मेम्बरका रूपमा राखिएको छ। यसमा आल्मुनियम सबफ्रेम र आल्मुनियम स्विङआर्म दिइएको छ। यसमा एड्जस्टेबल सस्पेन्सन सेटअप दिइएको छ । बाइकको कर्ब वेट १९५ किलोग्राम रहेको छ भने यसमा १७ लिटर क्षमताको आल्मुनियम फ्युल ट्याङ्क उपलब्ध छ। त्यस्तै, यसको सिट हाइट ८१० एमएम रहेको छ।

सेफ्टीका लागि सो बाइकमा ६ एक्सिस आईएमयूमा आधारित कर्नरिङ एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम दिइएको छ। यसमा स्ट्यान्डर्ड, स्पोर्ट र कस्टम गरी ३ वटा राइडिङ मोड दिइएको छ। त्यस्तै, यसमा बाई डाइरेक्सनल क्विकसिफ्टर पनि दिइएको छ। सो प्रविधिको सहायताले क्लच प्रयोग नगरी गियर अपसिफ्ट र डाउनसिफ्ट गर्न सकिन्छ ।

बाइकमा ६ इन्चको टीएफटी डिस्प्ले दिइएको छ, जसले मोटोप्ले सपोर्ट गर्छ। यसमा बाइकको इलेक्ट्रोनिक फिचर र राइडिङ मोडका सबै जानकारी हेर्न सकिन्छ। त्यस्तै, यसमा लेन चेन्ज असिस्ट फिचर पनि उपलब्ध छ। साथै बाइकमा फ्रन्ट र रियर क्यामेरा सिस्टम पनि उपलब्ध गराइएको छ। ब्रेकिङका लागि बाइकको फ्रन्टमा ट्विन फ्लोटिङ डिस्क र फोर–पिस्टन क्यालिपर दिइएको छ। पछाडिको भागमा भने सिंगल डिस्क ब्रेक उपलब्ध छ।

हालका लागि कम्पनीले यसको अन्तर्राष्ट्रिय बजारमा डेलिभरी सन् २०२७ को तेस्रो त्रैमासिकदेखि सुरु गर्ने अपेक्षा गरेको छ। नेपालमा समेत गत साउन महिनामा सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत पहिलो पटक यो ब्रान्ड उपलब्ध भएको छ। नेपालमा वैद्य अर्गनाइजेसनले यो ब्रान्डको बाइक बिक्री वितरण गरिरहेको छ । भविष्यमा नेपालमा समेत यो बाइक आउने अपेक्षा गर्न सकिन्छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...