सीट हाइट कम भएर आउँदै केटिएम २५० र ३९० एड्भेन्चर

केटीएमले आफ्नो एड्भेन्चर मोटरसाइकल २५० र ३९० लाई सिट हाइट कम गरेर नयाँ भेरिएन्टमा ल्याउने भएको छ । सिट हाइट ८५५ एमएम रहेको कारण औषत उचाई भएका व्याक्तिलाई वाइक ह्यान्डिल गर्न निकै सकस पर्ने गरेको गुनासो वढ्न थालेपछि नयाँ छुट्टै भेरिएन्ट ल्याउन लागिपरेको कम्पनीले जनाएको छ ।

सीट हाइट वढी भएकै कारण संभावित ग्राहक गुमाउनु परेको ठहर गर्दै केटीएमले यो नयाँ भेरिएन्टलाई छिट्टै लन्च गर्ने तयारी अघि वढाएको छ ।

सिट हाइट वढी भएकै कारण औषत उचाई भएका राइडरलाई सहज होस भनेर कम्पनीले यसअघि यी वाइकको पछाडीको सस्पेन्सनलाई केही तल झारिदिएकोे थियो । जसवारे ग्राहकले मिश्रीत प्रतिक्रया दिँदै नयाँ भेरिएन्ट नै लन्च गर्न सुझाव दिएका थिए ।

सोही सुझावलाई मध्येनजर गर्दै कम्पनीले कम सिट हाइटमा नयाँ भेरिएन्ट ल्याउने निचोड निकालेको हो । नयाँ भेरिएन्टको सीट हाइट कती हुन्छ भन्ने विषयमा केटिएमले हालसम्म कुनै जानकारी भने वाहिर ल्याईसकेको छैन ।

वाइकको सिट हाइट कम गर्न कम्पनीले हालकै भेरिएन्टको अगाडी र पछाडी दुवै भागमा जडान गर्ने सस्पेन्सनलाई केही तल झार्न सक्ने आँकलन गरिएको छ । यसरी सस्पेन्सन तल झार्दा सकेसम्म ग्राउन्ड क्लिरियन्स भने कम हुन नदिइने कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

केटीएम २५० एड्भेन्चर : आरमदायी यात्रा र रोमाञ्चक यात्राको अनुभुती

केटीएम २५० एड्भेन्चर : आरमदायी यात्रा र रोमाञ्चक यात्राको अनुभुती

नेपाली युवा राइडरको रोजाइमा पर्न सफल केटीएम एक प्रिमियम टु ह्विलर ब्रान्ड...

केटीएम ३९० इन्डुरो आर सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

केटीएम ३९० इन्डुरो आर सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

केटीएमले भारतमा नयाँ एड्भेन्चर मोटरसाइकल ३९० इन्डुरो आर सार्वजनिक गरेको छ...

२०० सीसी भन्दा बढी क्षमताका बाइक खोज्नेका लागि केटीएम : यस्तो छ सबै मोडलको मूल्य

२०० सीसी भन्दा बढी क्षमताका बाइक खोज्नेका लागि केटीएम : यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं – नेपाली बजारमा हाल १५० सीसी भन्दा बढी क्षमताका बाइक भित्र्याउन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...