आइएमई मोटर्स अब स्विच मोबिलिटीका विद्युतीय गाडीको आधिकारिक वितरक

काठमाडौँ - आइएमई मोटर्स नेपालमा स्विच मोबिलिटीका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको बिक्री वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ ।

अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित एक विशेष समारोहबिच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतामा स्विच मोबिलिटीका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरे । अशोक लेल्याण्डका अध्यक्ष धिरज हिन्दूजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरे ।

भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्याण्डको सब्सीडिएरी कम्पनी स्विच मोबिलिटीले विद्युतीय सवारी साधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारी साधनहरु उत्पादन तथा वितरण सुरुगरेको छ ।

यो कम्पनी सन् २०२० मा अशोक लेल्याण्डको सहायक कम्पनीको रुपमा स्थापना भएको थियो । अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहबिच भारतीय यातायात मन्त्री नितिन गड्करीले स्वीच मोविलिटिद्वारा उत्पादित हलुका व्यावसायिक विद्युतीय सवारी साधनको उद्घाटन गरे ।

त्यसैगरी, आइएमई मोटर्स अशोक लेल्याण्डका डिजेल जेनेरेटर (जेनसेट) को पनि विक्रि वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ ।

अशोक लेल्याण्डले आफ्नो उत्पादन पोर्टफोलियोको एक अंगको रुपमा डिजेल जेनेरेटरहरु उत्पादन गर्दछ । अशोक लेल्याण्डका जेनेरेटर आवासीय, व्यावसायिक, औद्योगिक र कृषिलगायत विभिन्न क्षेत्रमा भरपर्दो र विश्वसनीय ऊर्जा परिपूर्तिका लागि डिजाइन गरिएको छ । अशोक लेल्याण्ड प्रसिद्ध व्यावसायिक समूह हिन्दूजा ग्रुपको प्रमुख कम्पनी हो ।

सम्बन्धित समाचारहरू

केई अटो ग्लोबल कन्फ्रेन्समा लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जिते अवार्ड

केई अटो ग्लोबल कन्फ्रेन्समा लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जिते अवार्ड

काठमाडौं – नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र...

सुरु भयो दिपल, नामी र सेरेस ईभीको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने ‘एमएडब्लु ईभी कार्निभल’

सुरु भयो दिपल, नामी र सेरेस ईभीको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने ‘एमएडब्लु ईभी कार्निभल’

काठमाडौं – नेपालका लागि दिपल, नामी र सेरेस ईभीको आधिकारिक विक्रेता...

विद्युतीय सवारीको कर घटाइयोस् तर बढाउने काम नगरियोस् : सासंद गौतम

विद्युतीय सवारीको कर घटाइयोस् तर बढाउने काम नगरियोस् : सासंद गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विभिन्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...