इलेक्ट्रिक सिटी र नाइट बस चलाउने योजनामा आईएमई मोटर्स, परीक्षणका लागि भित्रिए बस

काठमाडौं – प्रतिष्ठित आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले इलेक्ट्रिक सिटी बस र नाइट बस चलाउने योजना बनाएको छ । यसका लागि भारतीको प्रतिष्ठित ईभी कम्पनी ‘स्विच मोबिलिटी’ का बस भित्र्याउने योजना बनाएको छ । यस अन्तर्गतका बस परीक्षणको लागि आइपुगेका छन् ।

आईएमई मोटर्सले यसको वारेमा औपचारिक जानकारी सार्वजनिक नगरे पनि हाल व्यवसायीहरुलाई यी बस परीक्षणका लागि केही दिन चलाउन दिने र प्राप्त हुने फिडब्याकको आधारमा अझै सुधार गरेर केही दिन पछि नै नेपाली बजारमा औपचारिक रुपमा बिक्री–वितरण प्रारम्भ गर्ने योजना भएको बताइएको छ ।

सिटी बस ३४ सिटर हुनेछ भने नाइट बस ४५ सिटर हुनेछ । सिटी बसले सिंगल चार्जमा २०० देखि ३०० किलोमिटर सम्म र नाइट बसले ४०० किलोमिटर सम्म रेन्ज दिनेछ । स्विच मोबिलिटीका धेरै मोडलका बस छन् र त्यही अनुसार नेपाली सडकका लागि उपयुक्त बस नेपालमा उपलब्ध गराइने छ ।

आईएमई मोटर्सले विगत लामो समय देखि नेपाली बजारमा अशोक लेल्यान्डका बस लगायतका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । अब इलेक्ट्रिक बस व्यवसायमा समेत प्रवेश गर्ने योजनाका साथ नयाँ बस भित्र्याउने योजना बनाएको छ । अशोक लेल्यान्ड र स्विच मोबिलिटी दुवै हिन्दुजा ग्रुप अन्तर्गका कम्पनी हुन् ।

स्विच ईभीका बसमा शक्तिशाली ब्याट्री तथा लामो दुरी पार गर्न सक्ने क्षमता छ भने यसमा आरामदायी तथा फराकिलो सिट क्षमता रहेको छ । वातानुकूलित एसी सुविधा, न्यून सञ्चालन खर्च र उच्च दक्षता, अत्याधुनिक सुरक्षा प्रणाली, कम आवाज, सहज र आरामदायी यात्रा अनुभव, स्मार्ट डिजिटल डिस्प्ले तथा आधुनिक प्रविधि जस्ता विशेषताका कारण सो बस भविष्यको दिगो सार्वजनिक यातायात समाधान हुने बताइएको छ ।

हाल काठमाडौं उपत्यकामा साझा यातायात, सुन्दर यातायात र महानगर यातायातका विद्युतीय बस गुडिरहेका छन् । स्विच मोबिलिटीका बस पनि उपलब्ध भएमा ईभी बस सेगमेन्टमा नयाँ प्रतिस्पर्धी थपिने छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...