लिडार सेन्सर र स्मार्ट प्रविधिसहित आयो नयाँ दिपल एस०५

काठमाडौँ–दिपलले आफ्नो ग्लोबल मोडल एस०५ लाई रिफ्रेस गरेको छ । पाँच भेरियन्टमा उपलब्ध नयाँ एस०५ को सुरुवाती प्रि–सेल मूल्य १७ हजार ६०० अमेरिकी डलर तोकिएको छ । कम्पनीले आगामी अगस्ट ६ मा यस गाडीलाई आधिकारिक रूपमा लन्च गर्ने तयारी गरेको छ ।

नयाँ एस०५ को बाहिरी भागमा नयाँ दीपल आई हेडलाइट, क्रोम ट्रिमसहितको बडी क्ल्याडिङ, फ्रेमलेस डोर, अर्ध–लुकेका ह्यान्डल र नयाँ १८ इन्चका एलोय ह्विलहरू राखिएका छन् ।

त्यसैगरी क्याबिनमा ‘फ्लोटिङ स्टारसिप’ डिजाइन अपनाइएको छ, जसमा लेदर र वुड–ग्रेन प्यानल प्रयोग गरिएको छ । भित्री भागमा २५६ रङको एम्बियन्ट लाइटिङ, १५.६ इन्चको २.५ के फ्लोटिङ सेन्ट्रल स्क्रिन र स्टेयरिङ स्तम्भमा जडान गरिएको गियर सिफ्टर राखिएको छ ।

नयाँ दिपल एस०५ को मुख्य आकर्षण भनेको यसमा रहेको लिडार सेन्सर र २६ वटा उच्च सेंसिटिभिटी सेन्सरहरू हुन्, जसले एसडीए पाइलट इन्टेलिजेन्ट ड्राइभिङ प्रणालीलाई सञ्चालन गर्छन् । यस प्रणालीले सहरी तथा राजमार्ग यात्रा र पार्किङ सहायतालगायत ९० भन्दा बढी स्मार्ट ड्राइभिङ सुविधाहरू प्रदान गर्छ ।

यसको ककपिट ३–न्यानोमिटर अटोमोटिभ ग्रेड चिपद्वारा सञ्चालित छ, जसले दीपल ओएसलाई डिपसिक आर१ लार्ज ल्याङ्ग्वेज मोडलसँग एकीकृत गर्दछ । साथै यसमा लेन स्तरको नेभिगेसन प्रणाली र भेरिएबल एडाप्टिभ सस्पेन्सन पनि उपलब्ध गराइएको छ ।

यस कारमा २७२ हर्सपावर क्षमताको रियर मोटर रहेको छ, जसले ० देखि १०० किमी÷घन्टाको गति मात्र ६.२८ सेकेन्डमा हासिल गर्न सक्छ । यसमा जडान गरिएको सीएटीएल सेल र गोल्डेन बेल प्रविधिमा आधारित ब्याट्रीले ५२० देखि ६२० किलोमिटरसम्मको सीएलटीसी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

दिपल एस०५ नेपाली बजारमा समेत उपलब्ध विद्युतीय एसयूभी हो । नेपाली बजारमा निकै राम्रो बजार पाइरहेको यो एसयूभी विश्वभर ३० हजारभन्दा बढि युनिट बिक्री भइसकेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...