संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्

काठमाडौँ - प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले आगामी महान् चाड बडादसैँ, दिपावली, छठलगायत चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित तुल्याउन सरोकार निकायलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा भएको छलफलपछि प्राप्त सुझाव, सल्लाह र रचनात्मक विचारका आधारमा उक्त निर्देशन दिइएको सभापति आशीष गजुरेलले जानकारी दिए ।

दसैँ, तिहार, छठ लगायतका चाडपर्वमा यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन परिचालन गरी निर्धारित बसपार्कबाट सवारी सञ्चालन, तोकिएको स्थानबाट टिकट बिक्री तथा सुरक्षित स्थानमा मात्र यात्रु चढाउने–ओराल्ने व्यवस्था मिलाउन निर्देशन दिइएको उनले बताए ।

अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामैत्री सेवा, यात्रु सहायता कक्ष तथा आवश्यक सहजीकरणको व्यवस्था गर्न समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

चाडपर्वमा हुने यात्राको चापलाई ध्यानमा राखी सडकको अवस्था तथा सम्भावित जोखिमको पूर्वमूल्याङ्कन, वैकल्पिक मार्गको तयारी, सवारीसाधनको प्राविधिक परीक्षण, चालकको पर्याप्त विश्राम तथा गति नियन्त्रण सुनिश्चित गर्न समितिले सरोकार निकायको ध्यानाकर्षण गराएको छ ।

बैठकले क्षमताभन्दा बढी यात्रु राख्ने कार्य नियन्त्रण गर्दै एकीकृत बसपार्क नीतिको प्रभावकारी कार्यान्वयन तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय कायम गर्न पनि निर्देशन दिएको छ ।

यात्रुले टिकट नपाउने, तोकिएकोभन्दा बढी भाडा तिर्नुपर्ने, टिकटमा अनियमितता वा ठगी व्यहोर्नुपर्ने अवस्था आउन नदिने गरी सहज रूपमा टिकट पाउन, भाडादरको प्रभावकारी कार्यान्वयन र गुनासो सुनुवाइको बलियो व्यवस्थासहितको तत्काल कार्ययोजना तयार गरी लागू गर्न समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले २०८३ को दसैँ, तिहार तथा छठ लगायतका चाडपर्वहरूमा सार्वजनिक यातायातलाई सरल, सहज, व्यवस्थित र मर्यादित बनाउन यसअघि गठन गरिएको उपसमितिमा सांसद राजुनाथ पाण्डेलाई सदस्यका रूपमा चयन गर्ने निर्णय गरेको छ ।

सडक यात्राका क्रममा यात्रुले खानेपानी, खाजा, खानालगायतका उपभोग्य वस्तुको मूल्य र गुणस्तर समेतमा ठगी हुन नदिन पनि समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...