भृकुटीमण्डपमा बजाजको एक्सचेन्ज कार्निभल, पुरानो बाइकसंग नयाँ अपग्रेड गर्ने मौका
काठमाडौं–बजाजले ग्राहकलाई पुरानो बाइकबाट नयाँ मोटरसाइकलमा अपग्रेड हुने...
काठमाडौं–बजाज अटोले आफ्नो लोकप्रिय इन्ट्री लेभल स्पोर्टी बाइक पल्सर एनएस १२५ को २०२६ मोडल लन्च गर्ने तयारी गरेको छ ।
हालै भारतका डिलरशीपमा देखिएको यो अपडेटेड मोडलमा कम्पनीले मुख्यगरी डिजिटल प्रविधि, नयाँ ग्राफिक्स र आकर्षक रङहरूमा फेरबदल गरेको छ ।
२०२६ पल्सर एनएस १२५ मा गरिएको सबैभन्दा ठूलो परिवर्तन यसको इन्स्ट्रुमेन्ट कन्सोलमा छ । यसमा नयाँ परिमार्जित एलसीडी डिस्प्ले जडान गरिएको छ, जुन हालै सार्वजनिक भएको नयाँ पल्सर १२५ र एन १६० एस मोडलहरूसँग मिल्दोजुल्दो छ ।
यसका साथै बाइकको लुकलाई अझ स्पोर्टी बनाउन नयाँ कालो र रातो कम्विनेसनसहित परिमार्जित बडी ग्राफिक्स दिइएको छ । यद्यपि, यसको मस्कुलर फ्युल ट्यांक र समग्र बाह्य बनावटलाई भने पहिलेकै जस्तै कायम राखिएको छ ।
प्रविधि र डिजाइनमा अपडेट गरिए पनि बाइकको मेकानिकल पार्टसमा भने कुनै परिवर्तन गरिएको छैन । यसमा पहिलेकै १२४.४५ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १२ पीएस पावर र ११ एनएम टर्क जेनेरेट गर्दछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...