बजाजको दसैं योजना : मोटरसाइकल खरिदमा १ लाखसम्मको ‘स्योरसट’ पुरस्कारका साथै टप च्याम्पियन्स भेट्ने अवसर

काठमाडौं – बजाज नेपालले दसैंलाई लक्षित गर्दै ‘गेम अफ पावर–खेल्ने हो?’ नामक नयाँ ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको ‘स्योरसट’ पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ।

दसैंको अवसरमा सञ्चालन हुने यो अभियानमा मोटरसाइकल खरिद योजनासँगै डिजिटल गेम तथा विभिन्न च्यालेन्जसमेत समावेश गरिएको छ। बजाजका अनुसार अभियानले ग्राहकलाई मोटरसाइकल खरिदमा मात्र सीमित नराखी खेल, मनोरञ्जन र प्रतिस्पर्धामार्फत ब्रान्डसँग जोड्ने उद्देश्य राखेको छ।

‘गेम अफ पावर’ अभियानअन्तर्गत तीनवटा मुख्य गतिविधि समावेश छन्। पहिलोमा दसैं खरिद योजना रहेको छ, जसमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको ‘स्योरसट’ पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछन्। यसबाहेक ग्राहकले स्मार्टवाचलगायतका पुरस्कार जित्ने अवसरसमेत पाउने कम्पनीले जनाएको छ।

अभियानको अर्को आकर्षण ‘पल्सर रेसिङ गेम’ हो। अनलाइनमार्फत खेल्न सकिने यो डिजिटल रेसिङ गेममा सहभागीले नेपालका टप च्याम्पियन्स रविन्द्र ढाँट, क्रिकेटर दीपेन्द्रसिंह ऐरी, कन्टेन्ट क्रिएटर सीआर७ होरासँग भेट गर्न पाउनेछन्।

खेलमा सबैभन्दा कम समयमा ल्याप पूरा गर्ने सहभागीले हस्ताक्षर गरिएका टी–सर्ट, च्याम्पियन मर्चेन्डाइज तथा बजाजका विशेष उपहार जित्ने अवसर पाउनेछन्। यसले पल्सरको राइडिङ अनुभवलाई डिजिटल प्रतिस्पर्धासँग जोड्ने कम्पनीको उद्देश्य रहेको छ।

त्यसैगरी, अभियानअन्तर्गत ‘शो योर पावर’ नामक कन्टेन्ट च्यालेन्ज पनि सञ्चालन हुनेछ। यसमा बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीले पल्सरसँग सम्बन्धित आफ्नो शक्ति, फिटनेस, राइडिङप्रतिको रुचि तथा जीवनशैली झल्काउने सामग्री तयार गरी सहभागी हुन सक्नेछन्।

यसअन्तर्गत पल्सर मोटरसाइकलसँगै पुश–अप, स्ट्रेन्थ तथा इन्डुरेन्स च्यालेन्ज तथा राइडर र बाइक सम्बन्धी क्रिएटिभ कन्टेन्ट जस्ता सिर्जनात्मक सामग्री तयार गर्न सकिनेछ। उत्कृष्ट तीन जना विजेताले नेपालका सम्बन्धित च्याम्पियनहरूसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।

बजाजले अभियानमार्फत आफ्ना ग्राहकलाई नेपालका चर्चित खेलाडी तथा डिजिटल क्रिएटरहरूसँग जोड्ने योजना पनि बनाएको छ। दसैं खरिद योजनाबाट छनोट हुने तीन जना भाग्यशाली ग्राहकले रविन्द्र ढाँट, सीआर७ होरा र दीपेन्द्रसिंह ऐरीसँग विशेष भेटघाट गर्ने अवसर पाउनेछन्। ‘शो योर पावर’ च्यालेन्जबाट पनि तीन जना विजेता छनोट गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ‘गेम अफ पावर’ अभियानमा बजाजको मोटरसाइकल खरिद योजना, डिजिटल पल्सर रेसिङ गेम, क्रिएटिभ कन्टेन्ट च्यालेन्ज तथा विभिन्न पुरस्कारलाई एउटै प्लेटफर्ममा समेटिएको छ।

बजाजले यो अभियानलाई ‘पावर, पर्फर्मेन्स र विनिङ स्पिरिट’ अर्थात् शक्ति, प्रदर्शन र प्रतिस्पर्धात्मक भावनामा केन्द्रित गरेको जनाएको छ। अभियानमार्फत मोटरसाइकल खरिदलाई दसैंको उत्सव, खेल र मनोरञ्जनसँग जोड्ने प्रयास गरिएको कम्पनीको भनाइ छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...