अमेरिकी बजार प्रवेश गर्ने तयारीमा अल्ट्राभायोलेट, जुटायो ठूलो लगानी

काठमाडौं–भारतको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेट अमेरिकी बजार प्रवेश गर्ने तयारीमा जुटेको छ ।

कम्पनले अन्तर्राष्ट्रिय बजार विस्तार र उत्पादन क्षमता बढाउनका लागि ८ करोड ५० लाख अमेरिकी डलर लगानी जुटाएको छ । यस नयाँ पूँजीसँगै कम्पनीले सन् २०२७ भित्र अमेरिकी बजारमा औपचारिक रूपमा प्रवेश गर्ने लक्ष्य राखेको छ ।

कम्पनीलाई अघि बढाउन इन्टेलका सिइओ तथा वाल्डेन इन्टरनेसनलका अध्यक्ष लिप–बु ट्यानले पनि कम्पनीमा व्यक्तिगत लगानी गर्दै सल्लाहकारका रूपमा भूमिका निभाउने भएका छन् । यो रकम आगामी पुस्ताका विद्युतीय सवारी साधन प्लेटफर्म र नयाँ मोडलहरूको विकासमा खर्च गरिने जनाइएको छ ।

नयाँ पूँजीमार्फत अल्ट्राभायोलेटले भारतको तमिल नाडुमा आफ्नो नयाँ ‘इन्डस्ट्री ४.०’ प्रविधिको ’बिगा’ उत्पादन संयन्त्र विस्तार गर्दैछ । यसबाट कम्पनीको वार्षिक उत्पादन क्षमता ५ लाख युनिट पुग्नेछ, जसले सुरुवाती चरणमै करिब दुई हजार नयाँ रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

यस क्षमता वृद्धिले भारतका साथै विश्वव्यापी बजारको माग धान्न मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ । हाल भारत, नेपाल र युरोपका १० भन्दा बढी देशहरूमा एफ७७ र एक्स४७ जस्ता हाइ–परफर्मेन्स इलेक्ट्रिक बाइक बिक्री गरिरहेको कम्पनीले आफ्नो पहुँच अझ फराकिलो बनाउन लागेको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...