टीभीएसलाई पछि पार्दै होन्डा पुनः बन्यो नम्बर–१ स्कुटर ब्रान्ड
काठमाडौं–भारतीय स्कुटर बजारमा अगस्ट २०२६ मा होन्डाले पुनः आफ्नो शीर्ष...
काठमाडौं–टीभीएसले आफ्नो लोकप्रिय मोडल रेडरको एक नयाँ विशेष संस्करण ‘डाक्टर डुम’ सार्वजनिक गरेको छ । यस नयाँ भेरियन्टको मूल्य ९५ हजार ३२० भारु तय गरिएको छ ।
यो बाइक स्पेक्ट्रल ग्रीन रङमा उपलब्ध छ, जुन मार्भलको चर्चित पात्र डाक्टर डुमको हरियो पहिरन र धातुको आवरणबाट प्रेरित छ । बाइकको आकर्षक लुक्सका लागि यसमा स्टेप–सिट, कालो रङको एलोय ह्विल र सिल्भर हिट–शिल्डसहितको कालो एक्जस्ट (साइलेन्सर) समावेश गरिएको छ ।
इन्जिन र पर्फर्मेन्सको कुरा गर्दा यसमा १२४.८ सीसीको सिंगल–सिलिन्डर इन्जिन दिइएको छ, जसले ११.२२ बिएचपी पावर र ११.७५ एनएम सम्मको टर्क जेनेरेट गर्दछ । ५ स्पीड गियरबक्स जडान गरिएको यस मोटरसाइकलमा टीभीएसको आईगो असिस्ट प्रविधि,आईएसजी सहितको साइलेन्ट स्टार्ट, ग्लाइड थ्रु ट्राफिक र तीनवटा राइडिङ मोडहरू उपलब्ध छन् ।
सस्पेन्सनका लागि अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । त्यसैगरी ब्रेकिङ प्रणालीअन्तर्गत अगाडि २४० मिमीको डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक जडान गरिएको छ । यसअघि टीभीएस रेडर आइरन म्यान, ब्ल्याक प्यान्थर, वुल्भरिन र डेडपुलजस्ता मार्भल क्यारेक्टर संस्करणहरूमा पनि बजारमा उपलब्ध भइसकेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...