अष्ट्रेलियाली सडकमा चिनियाँ गाडीको दबदबा, टोयोटालाई कडा टक्कर दिँदै बीवाईडी

काठमाडौं–अष्ट्रेलियाको अटोमोबाइल बजारमा चिनियाँ गाडीहरूको उपस्थिति तीव्र गतिमा बढ्न थालेको छ । अष्ट्रेलियन अटोमोटिभ डिलर एसोसिएसनले सार्वजनिक गरेको नयाँ प्रक्षेपण अनुसार सन् २०३५ सम्ममा अष्ट्रेलियामा बिक्री हुने नयाँ कारमध्ये आधाभन्दा बढी अर्थात् ५८ प्रतिशत हिस्सा चिनियाँ ब्रान्डहरूले ओगट्नेछन् ।

यो वार्षिक रूपमा करिब ९ लाख सवारी साधन बराबरको हिस्सा हो । हालै सार्वजनिक भएको जुन महिनाको बिक्री तथ्याङ्कले पनि अष्ट्रेलियाली बजारमा चिनियाँ गाडीको हिस्सा ३५.५ प्रतिशत पुगिसकेको देखाएको छ, जसले अटोमोबाइल क्षेत्रमा अपेक्षा गरिएभन्दा निकै तीव्र गतिमा परिवर्तन भइरहेको संकेत गर्छ ।

नयाँ सवारी साधन आपूर्तिकर्ताको रूपमा चीनले दशकौँदेखि शीर्ष स्थानमा रहेको जापानलाई समेत पछाडि पारिसकेको छ । जुन महिनामा मात्र अष्ट्रेलियाली खरिदकर्ताहरूले ४६ हजार ५ सयभन्दा बढी चिनियाँ गाडीहरू खरिद गरेका छन्, जबकि दोस्रो स्थानमा समेटिएको जापानबाट करिब २७ हजार युनिट मात्र बिक्री भएका थिए ।

ब्रान्डको आधारमा टोयोटाले आफ्नो शीर्ष स्थान कायम राखे पनि चिनियाँ विद्युतीय कार निर्माता बीवाईडीले केवल २४३ युनिटको झिनो अन्तरले पछ्याउँदै दोस्रो स्थान हासिल गरेको छ । यसका साथै जीडब्लूएम र चेरी जस्ता अन्य चिनियाँ ब्रान्डहरू पनि शीर्ष १० भित्र पर्न सफल भएका छन् ।

अष्ट्रेलियामा विद्युतीय सवारी साधनको प्रयोग ह्वात्तै बढेका कारण चिनियाँ ब्रान्डहरूलाई बजार कब्जा गर्न थप सहज भएको हो । अष्ट्रेलियामा कारको ठूलो परिमाणमा स्वदेशी उत्पादन नहुने र शतप्रतिशत आयातमा निर्भर रहनुपर्ने भएकाले विश्वव्यापी सवारी साधन उत्पादनमा आएको फेरबदलको प्रत्यक्ष प्रभाव यहाँ परेको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...