हुन्डाई क्रेटा बन्यो सन् २०२१ मा भारतको सबैभन्दा बढी निर्यातकर्ता
हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतको पहिलो स्मार्ट मोबिलिटी सोलुसन...
काठमाडौं – नेपाली बजारमा हुन्डाइको इलेक्ट्रिक कार कोना फेसलिफ्ट भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पहिलेको मोडल भन्दा ३ लाख बढी मूल्यका साथ नयाँ कोना बिक्री–वितरण हुने बताएको छ । औपचारिक लन्च भने केही दिनमा हुनेछ ।
हाल नेपाली बजारमा बिक्री भइरहेको हुन्डाई कोनाको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ छ । नयाँ कोनाको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
हुन्डाईले १०० किलोवाट मोटर र ३९.२ किलोवाट आवर क्षमताको ब्याट्री अप्सन भएको कोना फेसलिफ्ट नेपाली बजारमा उपलब्ध गराएको हो । यसले सिंगल चार्जमा ३१२ किलोमिटरको रेन्ज दिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा पहिले नै लन्च गरिएको कोना फेसलिफ्टमा पहिलेको मोडल भन्दा सामान्य परिमार्जन गरिएको छ । यसको अगाडिको ग्रिल प्यानल परिवर्तन गरिएको छ भने हेडल्याम्प फरक देख्न सकिन्छ।

फरक किसिमको मसिनो एलइडी डे टाइम रनिङ लाइट र पछाडिको लाइटमा पनि परिवर्तन देख्न सकिन्छ । अघिल्लो भागमा ट्रायो एलईडी हेडल्याम्प छ ।
हाल ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेकोमा नयाँ गाडीमा ८ इन्चको बनाइएको छ भने डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर रहेको छ । त्यसैगरी यसमा सनरुफको सुविधा समेत थप भएर आएको छ ।
हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतको पहिलो स्मार्ट मोबिलिटी सोलुसन...
काठमाडौं–हालै नेपाल आएको क्रेटा ईभीले अहिले देशभर चर्चा पाइरहेको छ । सोहि...
हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...