हुन्डाई क्रेटा बन्यो सन् २०२१ मा भारतको सबैभन्दा बढी निर्यातकर्ता

हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतको पहिलो स्मार्ट मोबिलिटी सोलुसन प्रोभाइडर र सबैभन्दा ठूलो निर्यातकर्ताको उपाधि प्राप्त गरेको छ । कम्पनीले सन् २०२१ मा क्रेटा एसयूभीको कुल ३२ हजार ७९९ युनिट निर्यात गरेको छ ।

यो भन्दा पहिले कम्पनीले सन् २०२० मा कुल २५ हजार ९ सय ९५ युनिट क्रेटा निर्यात गरेको थियो । वास्तवमा हुन्डाई मोटर इन्डिया लिमिटेडले २०२१ मा कुल ४२ हजार २३८ एसयूभी निर्यात गरेको छ, जसमा हुन्डाई भेन्यु ७ हजार ६९८ युनिट र क्रेटा ग्रान्ड १ हजार ७४१ युनिट समावेश छन् । सन् २०२१ मा भारतीय बजारमा पनि क्रेटा सबैभन्दा बढी बिक्री हुने एसयूभी बनेको छ ।

हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा सीईओ उन सु किमले क्रेटा विदेशी बजारमा सबैभन्दा बढी रुचाइएको एसयूभी ब्रान्ड हुनुका साथै भारतबाट निर्यात हुने सबैभन्दा ठुलो एसयूभी भएको बताए ।

हुन्डाई इन्डियाको इन्डियन प्लान्टद्वारा उत्पादित कारहरू युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, एसिया, अफ्रिका र अष्ट्रेलियालगायत ६ महादेशमा रहेका विश्वका १०० भन्दा बढी देशहरूमा निर्यात गरिन्छ । हुन्डाईले २०२१ मा भारतबाट कुल १ लाख ३० हजार ३८० युनिट निर्यात गरेको छ, जुन २०२० मा निर्यात भएको ९८ हजार ९०० युनिटको तुलनामा ३१.८ प्रतिशतले वृद्धि भएको छ ।

सम्बन्धित समाचारहरू

बजेटपछि यी ४ ब्राण्डले बढाए ईभीको मूल्य, कुनमा कति ?

बजेटपछि यी ४ ब्राण्डले बढाए ईभीको मूल्य, कुनमा कति ?

काठमाडौं–बजेटले करको दर बृद्धि गरेपछि ईभी आयतकर्ता अहिले धमाधम गाडीको...

नयाँ भेन्युको फेसलिफ्ट भर्सन आउँदै, एडास फिचरले सुसज्जित हुने

नयाँ भेन्युको फेसलिफ्ट भर्सन आउँदै, एडास फिचरले सुसज्जित हुने

हुन्डाईले कम्प्याक्ट एसयूभी सेगमेन्टमा भेन्यु फेसलिफ्ट सार्वजनिक गर्ने...

यी हुन् हुन्डाई एक्सटरमा भएका ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर

यी हुन् हुन्डाई एक्सटरमा भएका ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर

हुन्डाईले हालसालै भारतीय बजारमा आफ्नो सानो एसयुभी एक्स्टर लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...