हुन्डाईको नयाँ सस्तो ईभी ‘आयोनिक पी’ नाममा आउने, जनवरी २०२७ मा सार्वजनिक हुने

काठमाडौं–हुन्डाईले भारतीय बजारलाई लक्षित गर्दै उत्पादन गर्न लागेको नयाँ सानो इलेक्ट्रिक एसयूभी ‘आयोनिक पी’ नाममा सार्वजनिक हुने अनुमान गरिएको छ ।

कम्पनीले यसलाई आफ्नो आयोनिक सिरिजअन्तर्गतको सबैभन्दा सस्तो इलेक्ट्रिक एसयूभीका रूपमा बजारमा ल्याउने तयारी गरेको हो ।

हुन्डाईको नयाँ ईभीलाई यसअघि कोडनेम ‘एचई१आई’ दिइएको थियो । अक्टोबर २९ मा सम्पन्न सन् २०२६ को तेस्रो त्रैमासिक वित्तीय समीक्षाका क्रममा कम्पनीका व्यवस्थापन अधिकारीहरूले आयोनिक पी नाम उल्लेख गरेका थिए । यद्यपि, हुन्डाई मोटर इन्डियाले यसको आधिकारिक नाम भने घोषणा गरिसकेको छैन ।

यो ईभी सन् २०२७ को जनवरीमा भारतीय बजारमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसअघि सन् २०२६ को अन्त्यसम्म सार्वजनिक गर्ने तयारी भए पनि यसको समय केही पछाडि सरेको हो ।

आयोनिक पी हुन्डाईको ई–जीएमपी (के) प्लेटफर्ममा आधारित हुने बताइएको छ । यही प्लेटफर्म अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुन्डाई इन्स्टर ईभीमा पनि प्रयोग गरिएको छ । नयाँ कारमा स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई ब्याट्री विकल्प उपलब्ध हुने सम्भावना छ ।

इन्स्टर ईभीमा ४२ किलोवाट आवर र ४९ किलोवाट आवरका ब्याट्री विकल्प छन् । यसले डब्लूएलटीपी परीक्षणअनुसार एकपटकको फुल चार्जमा अधिकतम ३५५ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । यद्यपि, आयोनिक पीको ब्याट्री क्षमता र रेन्जबारे कम्पनीले आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

फिचरतर्फ नयाँ ईभीमा नेक्स्ट जेनेरेसन इन्फोटेन्मेन्ट सिस्टम र लेभल–२ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध हुने अपेक्षा गरिएको छ ।

भारतमा सस्तो इलेक्ट्रिक कारको माग बढ्दै गएको अवस्थामा हुन्डाईले यस मोडलमार्फत आफ्नो ईभी बजार हिस्सा विस्तार गर्ने लक्ष्य राखेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...