बेस भेरिएन्टमा हुन्डाई क्रेटा र स्कोडा कुशाक मध्ये कुन उत्तम, यस्तो हुन सक्छ सम्भावना
एसयूभी सेग्मेन्टमा मार्केट लिडर हुन्डाई क्रेटालाई पछिल्लो समय भित्रिएका...
हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा प्रवेश गर्ने योजना बनाएको छ । दुवै कम्पनीले भारतीय बजारका लागि संयुक्त रुपमा विद्युतीय ३ पाङ्ग्रे सवारीसाधन विकास गर्न वार्ता गरिरहेको बताइएको छ ।
साझेदारीको सही विवरण बाहिर नआए पनि, हुन्डाईले नयाँ इलेक्ट्रिक थ्री–ह्विलरको डिजाइन र इन्जिनियर गर्ने सम्भावना छ भने टीभीएसले यसलाई निर्माण गर्ने रिपोर्टहरु बाहिर आएका छन् । यी दुई कम्पनीले संयुक्त रुपमा विकास गर्ने सो नयाँ सवारीसाधनको कन्सेप्ट आगामी भारत मोबिलिटी एक्सपोमा देख्न सकिने अनुमान गरिएको छ ।
यसअघि, हुन्डाईका कार्यकारी अध्यक्ष चुङ इउई–सनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग मोबिलिटीको भविष्य र भारत र हुन्डाई मोटर समूहले मोबिलिटी उद्योगको विकास गर्न नजिकबाट काम गर्न सक्ने तरिकाहरूबारे छलफल गरेका थिए ।
भारतमा इलेक्ट्रिक थ्री–ह्विलर सेग्मेन्ट द्रुत गतिमा बढिरहेको छ । गत वर्ष यी साधन ६ लाख ५० हजार बढी युनिट बिक्री हुँदा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बृद्धि हाँसिल गरेको थियो । भएको थियो ।
एसयूभी सेग्मेन्टमा मार्केट लिडर हुन्डाई क्रेटालाई पछिल्लो समय भित्रिएका...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सको...
काठमाडौं – हुन्डाई फेस्टिभ डिलाइट २०८० अफरका विजेतालाई पुरस्कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...