हाइगरका २४ इलेक्ट्रिक सिटी बस नेपाल आउँदै, सन्तोष खतिवडाले भने – सार्वजनिक यातायातमा नयाँ अध्याय सुरु हुनेछ

काठमाडौं - चीनको अग्रणी कोच तथा सिटी बस निर्माता कम्पनी हाइगरका २४ थान इलेक्ट्रिक सिटी बस नेपालका लागि प्रस्थान गरेका छन्। नेपालका यातायात व्यवसायीहरूको माग र आवश्यकताअनुसार तयार गरिएका यी बस छिट्टै नेपाली सडकमा सञ्चालनमा आउने शशीला मोटर्सका म्यानेजिङ डाइरेक्टर सन्तोष खतिवडाले बताएका छन्।

खतिवडाका अनुसार हाइगरका बस तथा कोच विश्वका करिब १२७ देशमा बिक्री–वितरण हुँदै आएका छन्। अष्ट्रेलियाजस्तो सम्पन्न तथा विकसित देशदेखि संयुक्त अरब इमिरेट्स (यूएई) जस्तो तेल उत्पादनमा अग्रणी देशसम्म हाइगरका इलेक्ट्रिक सिटी बस तथा कोच सञ्चालनमा रहेका छन्।

नेपालमा पनि हाइगरकै इलेक्ट्रिक सिटी बस भित्र्याउन यातायात व्यवसायीहरूले उच्च माग र अपेक्षा राख्दै आएका थिए। व्यवसायीहरूको चाहना र आवश्यकतालाई सम्बोधन गर्दै उनीहरूकै मागअनुसार २४ थान बस तयार गरिएको खतिवडाले बताएका छन्।

नेपालमा पछिल्लो समय सार्वजनिक यातायातमा इलेक्ट्रिक बसको प्रयोग विस्तार हुँदै गएको छ। सन् २०१८ मा लुम्बिनी विकास कोष र साझा यातायातको सहकार्यमा नेपालमा इलेक्ट्रिक बस सञ्चालन सुरु भएको थियो। त्यसपछि सुन्दर यातायातले काठमाडौंमा ईभी बस सञ्चालनमा ल्याएको थियो। साझा यातायातले पनि ४० वटा इलेक्ट्रिक बस सञ्चालनमा ल्याइसकेको छ।

त्यस्तै, महानगर यातायातले सन् २०२६ जुनमा थप १६ वटा इलेक्ट्रिक बस सञ्चालनमा ल्याएपछि कम्पनीसँग इलेक्ट्रिक सवारीसाधनको संख्या ५२ पुगेको थियो। यसमा २८ वटा सिटी बस र २४ वटा माइक्रोबस रहेका छन्।

यसरी नेपालमा विभिन्न यातायात कम्पनीले इलेक्ट्रिक बस सञ्चालन तथा विस्तार गरिरहेका बेला हाइगरका २४ वटा सिटी बस थपिन लागेका हुन्। यी बस नेपाली सडकमा सञ्चालनमा आएपछि सार्वजनिक यातायातको विद्युतीकरणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

खतिवडाका अनुसार यी बस छिट्टै नेपाली सडकमा गुड्नेछन्। हाइगरका इलेक्ट्रिक सिटी बसको आगमनले नेपालको सार्वजनिक यातायात तथा यात्रु आवागमनको क्षेत्रमा नयाँ अध्याय सुरु हुने विश्वास उनले व्यक्त गरेका छन्।

यस यात्रामा साथ, विश्वास र सहयोग प्रदान गर्ने सम्पूर्ण यातायात व्यवसायी, शुभचिन्तक तथा सहयोगीप्रति खतिवडाले आभार व्यक्त गरेका छन्।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...