क्रेटा ईभीमा देखियो अत्याधिक क्रेज, वुटवल–भैरहवा क्षेत्रमा एकैदिन ३० युनिट बिक्री

काठमाडौं–हालै नेपाल आएको क्रेटा ईभीले अहिले देशभर चर्चा पाइरहेको छ । सोहि क्रममा हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ ।

उक्त कार्यक्रममा हालसम्मकै ब्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त गर्दै क्रेटा ईभीले रेकर्ड ब्रेक बुकिङ पाएको जनाइएको छ । क्रेटा ईभी लन्च भएपछि पहिलोपटक एकैदिन ३० वटा गाडी बुकिङ भएको र १० युनिट कार्यक्रम स्थलबाटै डेलिभरी गरिएको कम्पनीको भनाई छ ।

वैशाख ३१ गते हुन्डाई गाडीको सो क्षेत्रका लागि आधिकारिक विक्रेता सिद्धि विनायक मोटोकर्प प्रालि र जगत मोटर्स प्रालिको संयुक्त आयोजनमा विशेष भेटघाट कार्यक्रम आयोजना गरी नयाँ क्रेटा ईभी सार्बजनिक गरिएको हो । जहाँ, क्रेटा ईभी सहित हुन्डाईका अन्य नयाँ मोडलहरु समेत प्रदर्शन गरिएको थियो ।

वटुवल–भैरहवा क्षेत्रमा हुन्डाईको एसेम्बली प्लान्ट रहेकाले पनि यस क्षेत्रका ग्राहकले हुन्डाईप्रति अत्याधिक विश्वास र भरोसा ब्याक्त गरेको कम्पनीले अनुमान लगाएको छ । कम्पनीका प्रनिनिधीहरुले कार्यक्रमका सहभागीहरुसंग प्रत्यक्ष संबाद गर्दै हुन्डाई गाडी सम्बन्धि विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए ।

उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूँलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रुपमा स्थिापित गरिसकेको छ ।

कम्पनीका अनुसार, नयाँ क्रेटा ईभीको आगमनले बिद्युतिय सवारीवारे द्धिवधा भएका ग्राहकलाई स्पष्ट निर्णय लिन सजिलो बनाएको छ । धेरैलाई ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दिर्घकालिन ब्रान्ड सपोर्टको विषयमा शंका पैदा हुने गरेकोको कम्पनीको बुझाई छ । हुन्डाईले नेपालमै क्रेटा आइसिई मोडलको उत्पादन थालिसकेको र क्रेटा ईभी तथा आइसिई दुबै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले गाडी खरिद पछिको सेवा सुबिधामा कुनै समस्या नरहने विश्वास दिलाइएको छ ।

साथै, लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजवुत बनाउन रि–ल्याक्स चार्जिङको नेटवर्क विस्तार गरिरहेको छ । जसअन्तर्गत अहिले नै देशभरका विभिन्न स्थानमा रि–ल्याक्स डिसी र एसी गरी ६६ वटा चार्जर सुचारु छन् । यसले गर्दा ग्राहकहरुलाई हुन्डाईको पेट्रोल र ईभी कुनै पनि गाडि खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै समस्या नहुने दाबी कम्पनीले गरेको छ ।

नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरुसंग प्रत्यक्ष भेघाट गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

हुन्डाई क्रेटा : नेपाली सडकका लागि उपयुक्त इलेक्ट्रिक एसयूभी

हुन्डाई क्रेटा : नेपाली सडकका लागि उपयुक्त इलेक्ट्रिक एसयूभी

नेपाली ग्राहकको समेत इलेक्ट्रिक सवारीप्रतिको रुचि बढ्दै गएको छ । पछिल्लो...

निषेधाज्ञाबीच हुन्डाईले ल्यायो हटलाइन सेवा

निषेधाज्ञाबीच हुन्डाईले ल्यायो हटलाइन सेवा

काठमाडौं – हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी...

हुन्डाई क्रेटा बन्यो सन् २०२१ मा भारतको सबैभन्दा बढी निर्यातकर्ता

हुन्डाई क्रेटा बन्यो सन् २०२१ मा भारतको सबैभन्दा बढी निर्यातकर्ता

हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतको पहिलो स्मार्ट मोबिलिटी सोलुसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...