भोलि नेपाली बजारमा नयाँ जेनेरेसन हुन्डाई आई२० को भर्चुअल लन्च हुँदै
काठमाडौं – भोलि बिहीबार नेपाली बजारमा नयाँ जेनेरेसनको हुन्डाई आई२०...
काठमाडौं–हालै नेपाल आएको क्रेटा ईभीले अहिले देशभर चर्चा पाइरहेको छ । सोहि क्रममा हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ ।
उक्त कार्यक्रममा हालसम्मकै ब्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त गर्दै क्रेटा ईभीले रेकर्ड ब्रेक बुकिङ पाएको जनाइएको छ । क्रेटा ईभी लन्च भएपछि पहिलोपटक एकैदिन ३० वटा गाडी बुकिङ भएको र १० युनिट कार्यक्रम स्थलबाटै डेलिभरी गरिएको कम्पनीको भनाई छ ।
वैशाख ३१ गते हुन्डाई गाडीको सो क्षेत्रका लागि आधिकारिक विक्रेता सिद्धि विनायक मोटोकर्प प्रालि र जगत मोटर्स प्रालिको संयुक्त आयोजनमा विशेष भेटघाट कार्यक्रम आयोजना गरी नयाँ क्रेटा ईभी सार्बजनिक गरिएको हो । जहाँ, क्रेटा ईभी सहित हुन्डाईका अन्य नयाँ मोडलहरु समेत प्रदर्शन गरिएको थियो ।
वटुवल–भैरहवा क्षेत्रमा हुन्डाईको एसेम्बली प्लान्ट रहेकाले पनि यस क्षेत्रका ग्राहकले हुन्डाईप्रति अत्याधिक विश्वास र भरोसा ब्याक्त गरेको कम्पनीले अनुमान लगाएको छ । कम्पनीका प्रनिनिधीहरुले कार्यक्रमका सहभागीहरुसंग प्रत्यक्ष संबाद गर्दै हुन्डाई गाडी सम्बन्धि विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए ।
उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूँलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रुपमा स्थिापित गरिसकेको छ ।
कम्पनीका अनुसार, नयाँ क्रेटा ईभीको आगमनले बिद्युतिय सवारीवारे द्धिवधा भएका ग्राहकलाई स्पष्ट निर्णय लिन सजिलो बनाएको छ । धेरैलाई ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दिर्घकालिन ब्रान्ड सपोर्टको विषयमा शंका पैदा हुने गरेकोको कम्पनीको बुझाई छ । हुन्डाईले नेपालमै क्रेटा आइसिई मोडलको उत्पादन थालिसकेको र क्रेटा ईभी तथा आइसिई दुबै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले गाडी खरिद पछिको सेवा सुबिधामा कुनै समस्या नरहने विश्वास दिलाइएको छ ।
साथै, लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजवुत बनाउन रि–ल्याक्स चार्जिङको नेटवर्क विस्तार गरिरहेको छ । जसअन्तर्गत अहिले नै देशभरका विभिन्न स्थानमा रि–ल्याक्स डिसी र एसी गरी ६६ वटा चार्जर सुचारु छन् । यसले गर्दा ग्राहकहरुलाई हुन्डाईको पेट्रोल र ईभी कुनै पनि गाडि खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै समस्या नहुने दाबी कम्पनीले गरेको छ ।
नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरुसंग प्रत्यक्ष भेघाट गरिरहेका छन् ।
काठमाडौं – भोलि बिहीबार नेपाली बजारमा नयाँ जेनेरेसनको हुन्डाई आई२०...
हुन्डाई समुह टोयोटापछि दोस्रो धेरै नाफा आर्जन गर्ने अटो निर्माता बनेको छ ।...
काठमाडौं – शुक्रबार काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा हालै नेपालमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...