१८ मिनेटमै चार्ज हुने हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ : नेपालमा समेत प्रतीक्षा

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले हाल इलेक्ट्रिक एसयूभी कोना बिक्री गरिरहेको छ । अब कम्पनीले नयाँ कार आयोनिक ५ बिक्री गर्ने तयारी गरिरहको छ । नेपालमा समेत आउने तयारीमा रहेको सो कार भारतमा पनि लन्च हुन बाँकी छ । तर हालै इन्टरनेटमा यस सम्बन्धीे एक भिडियो चर्चामा रहेको छ । भारतको गुरुग्राममा हुन्डाईको नयाँ मुख्यालयको उद्घाटन समारोहमा अल–इलेक्ट्रिक आयोनिक ५ प्रदर्शन गरिएको थियो ।

सो इलेक्ट्रिक ग्लोबल मोड्युलर आर्किटेक्चर नामक मेड–फर–ईभी प्लेटफर्ममा बनाइएको हो । हुन्डाई आयोनिक ५ मा ५८ किलोवाट आवर र ७२.६ किलोवाट आवरको दुईवटा ब्याट्री प्याक समावेश गरिएको छ । दुबै ब्याट्रीसँगै रियर–ह्वील ड्राइभ वा अल–ह्वील ड्राइभ सेटअप उपलब्ध छ । यसको ठूलो ब्याट्री प्याकले ४८१ किलोमिटरको डब्ल्युएलटीपी रेन्ज प्रदान गर्छ, जबकि अन्य ब्याट्री प्याकले ३८५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।

आयोनिक ५ मा ८०० भोल्ट सुपर–फास्ट चार्जिङ टेक्नोलोजीको प्रयोग गरिएको छ । फास्ट चार्जरको माध्यमले १८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै ५ मिनेटको चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

हुन्डाई आयोनिक ५ भविष्यको इलेक्ट्रिक क्रसओभर एसयूभी हो । यसको एक्सटेरियर डिजाइन पोनीबाट प्रेरित भएको देखिन्छ । यसको फ्रन्टमा हाई एलईडी हेडलाइट र क्वाड डीआरएल दिइएको छ । रियरमा स्क्वायर आकारको एलईडी रियर लाइट र एक इन्टिग्रेटिड स्पोइलर समावेश गरिएको छ ।

कारको क्याबिनमा १२.२५ इन्चको डिस्प्ले छ जसमा एक इन्ट्रयुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट टचस्क्रिन समावेश गरिएको छ । यसको साथै हुन्डाई बोस साउन्ड सिस्टम, डुअल जोन क्लाइमेट कन्ट्रोल, ह्यान्डस फ्रि टेलगेट, ३६० डिग्री क्यामेरा, ७ एयरब्याग र लेवल २ अटोनोमस फिचर पनि प्रदान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुनासाथ नेपाली बजारमा पनि यो इलेक्ट्रिक कार ल्याउने तयारीका साथ कार्य भइरहेको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । सम्भवतः डिसेम्बरको अन्त्य सम्ममा यो नेपाली बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

सन् २०२४ : भारतमा हुन्डाईको रेकर्ड हाई सेल

सन् २०२४ : भारतमा हुन्डाईको रेकर्ड हाई सेल

हुन्डाई इन्डियाले भारतको घरेलु बजारमा सन् २०२४ मा रेकर्ड हाई सेल अर्थात...

हुन्डाईको अफर : १ करोड ५० लाख रुपैयाँसम्म पर्ने उपकरण ६० देखि ९० लाख रुपैयाँमै पाइने

हुन्डाईको अफर : १ करोड ५० लाख रुपैयाँसम्म पर्ने उपकरण ६० देखि ९० लाख रुपैयाँमै पाइने

हुन्डाई कन्स्ट्रक्सन इक्विप्मेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई...

ग्रान्ड आई१० निओसको फेसलिफ्ट मोडल सार्वजनिक

ग्रान्ड आई१० निओसको फेसलिफ्ट मोडल सार्वजनिक

हुन्डाई मोटर्स इण्डियाले आफ्नो लोकप्रिय ह्याचव्याक कार ग्राण्ड आई१०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...