हुन्डाईले २०३० सम्म भारतमा २६ नयाँ मोडल ल्याउने, २०२७ सम्ममा ४ वटा नयाँ गाडी ल्याउने
हुन्डाईले भारतीय बजारमा सन् २०३० सम्ममा २६ वटा नयाँ मोडल लन्च गर्ने तयारी...
हुन्डाई मोटर्स इन्डियाको सबैभन्दा सफल मोडल क्रेटा भारतमा उत्पादन हुन थालेको १० वर्ष पुरा भएको छ । जुलाई २०१५ मा लन्च भएदेखि नै यो मिडसाइज एसयूभीले भारतीय र नेपाली ग्राहकको विश्वास जित्दै आएको छ ।
हुन्डाईका अनुसार १० वर्षको यस अवधीमा १२ लाखभन्दा बढी क्रेटा बिक्री भइसकेको छ । लन्च भएदेखि नै बिक्रीमा अब्बल सावित यस एसयूभीले भारतमा सबैभन्दा धेरै बिक्री हुने मिडसाइज एसयूभीको पहिचान कायमै राखेको छ ।
भारतको मिड साइज एसयूभी सेग्मेन्टमा क्रेटा एउटै मोडलले ३१ प्रतिशत भन्दा बढी बजार हिस्सासहित बजारमा आफ्नो प्रभुत्व जमाएको छ । यस वर्षको ६ महिनामा मात्रै क्रेटाले ३ महिनासम्म भारतमा सबैभन्दा धेरै बिक्री हुने एसयूभीको पहिचान कायम गरेको छ । पछिल्लो समय क्रेटाको कुल बिक्रीमा ७० प्रतिशत हिस्सा सनरुफ भेरिएन्टले ओगटेको छ ।
सन् २०१६ मा हुन्डाईले ९२ हजार ९२६ युनिट क्रेटा बिक्री गरेकोमा यो संख्या २०२४ मा बढेर १ लाख ८६ हजार ९१९ युनिट पुगेको छ । भारतमा निर्मित क्रेटा १३ भन्दा बढी देशहरूमा निर्यात हुँदै आएको छ । हुन्डाईले हालसम्म २ लाख ८७ हजार बढी क्रेटा निर्यात गरिसकेको छ ।
हुन्डाइले हालै यसको ईभी भर्सन समेत लन्च गरेको छ । हुन्डाई क्रेटा १.५ लिटर ४ सिलिण्डर पेट्रोल र १.५ लिटर पेट्रोल तथा डिजेल टर्बो इन्जिनमा उपलब्ध छ । त्यस्तै इलेक्ट्रीक क्रेटामा ९९ र १२६ किलोवाटको मोटर पाउन सकिन्छ भने ब्याट्री प्याक ४२ र ५१.४ किलोवाट आवर अप्सनमा उपलब्ध छ ।
९ वर्षमा नेपालमा १० हजार यूनिट बिक्री
क्रेटा नेपाल आएको ९ वर्ष पुरा भएको छ । सन् २०१६ देखि नेपाली बजारमा बिक्री हुँदै आएको क्रेटा हालसम्म १० हजार भन्दा बढि यूनिट बिक्री भैसकेको छ । यो नेपाली एसयूभी पारखीको पहिलो रोजाइमा पर्दै आएको छ ।
क्रेटालाई गत वर्षको चैतदेखी नेपालमै एसेम्वल गरी बिक्री गर्न थालिएको छ । नेपालमै एसेम्वल हुन थालेपछि यसको मूल्य समेत ९ लाख रुपैयाँसम्मले घटेको छ । साथै, यसको इलेक्ट्रिक भर्सनले समेत अहिले बजारमा राम्रै चर्चा पाइरहेको छ ।

नेपाली बजारमा क्रेटा आइसिईको ६ वटा भेरिएन्ट उत्पादन भइरहेको छ । जसको सुरुवाती मूल्य ५३ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ भने टप स्पेकलाई ७८ लाख ९६ हजार रुपैयाँ पर्छ ।
त्यसैगरी, ४२ किलोवाट आवर भेरिएन्टमा मात्रै उपलब्ध यसको ईभी भर्सन समेत ४ वटा भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य ५१ लाख ९६ हजारदेखी ५९ लाख ९६ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...