पोखरामा बजाजको एक्सचेन्ज मेला सुरु, नागरिकताकै आधारमा मोटरसाइकल किन्न पाइने

पोखरा–पोखरामा बजाजको चाडपर्वलक्षित ‘झ्याम्मै एक्सचेन्ज मेला’ सुरु भएको छ । आजदेखि सुरु भएको उक्त मेला पोखरास्थित बजाजको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्सले आयोजना गरेको हो ।

असोज ९ गतेसम्म चल्ने यस मेलामा ग्राहकहरूले जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याएर नयाँ बजाज मोटरसाइकल वा चेतक स्कुटरसँग साट्न सक्ने जनाइएको छ ।

एक्सचेन्ज मेलामा मोटरसाइकल खरिद गर्दा आवश्यक पर्ने घरजग्गाको लालपुर्जा, बिजुली/पानीको बिल र आयस्रोतको प्रमाणपत्र जस्ता झन्झटिला कागजातहरू पूर्ण रूपमा हटाइएको छ । ग्राहकहरूले केवल नागरिकताको आधारमा न्यूनतम मूल्यमा ५ वर्षसम्मको सरल किस्ताबन्दीमा अन द स्पट फाइनान्स सुविधा पाउने बताइएको छ । लोन पास प्रक्रिया एक घण्टाभित्रै सम्पन्न हुने व्यवस्था मिलाइएको छ ।

पुराना सवारीसाधनको उचित र उच्चतम मूल्यांकनका लागि पोखरा बाहिरबाट अनुभवी तथा दक्ष भ्यालुएटरहरू झिकाइएको कम्पनी भनाई छ । भ्यालुएटरहरूले गर्ने न्यायोचित मूल्यांकनका साथै कम्पनीका तर्फबाट थप ७ हजार रुपैयाँसम्मको अतिरिक्त बोनस भ्यालुएसन र आकर्षक नगद छुटसमेत ग्राहकहरूले प्राप्त गर्नेछन् ।

बजाज पोखराका सञ्चालक आघोषमान बुद्धाचार्यका अनुसार कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकहरूले सहज रूपमा नयाँ मोडलका बजाज बाइकहरू खरिद गर्न सक्नेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...