हुन्डाई नेपालले दियो चाडपर्वको झल्को, ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ को घोषणा
काठमाडौं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं–हुन्डाईले भारतीय बजारलाई लक्षित गर्दै आफ्नो नयाँ मिडसाइज एसयूभीको नाम ‘बेयोन’ सार्वजनिक गरेको छ ।
फ्रान्सको बास्क क्षेत्रमा अवस्थित ऐतिहासिक र जीवन्त सहर ‘बायोन’ बाट प्रभावित भएर यो गाडीको नामकरण गरिएको कम्पनीले जनाएको छ ।
हुन्डाईका अनुसार यो नयाँ मोडलले कम्पनीको ग्लोबल डिजाइन दर्शनलाई झल्काउनुका साथै नेपाली तथा भारतीय बजारका ग्राहकहरूको रोमाञ्चक र साहसिक यात्राको चाहनालाई पूरा गर्नेछ ।
नयाँ हुन्डाई बेयोनलाई हालै सडक परीक्षणका क्रममा देखिएको छ । एसयूभी जस्तै अग्लो र आकर्षक बनोट भएको यो गाडीमा डुअल–टोन एलोय ह्विल, तिखो रियर विन्डसिल्ड, रुफ स्पोइलर र रुफ रेल्स राखिएका छन् ।
गाडीको अगाडिको भागमा एल–आकारको एलइडी डिआरएल, स्प्लिट हेडल्याम्प र आयातकार एयर ड्याम दिइएको छ भने पछाडि एलइडी टेललाइट उपलब्ध गराइएको छ ।
गाडीको भित्री बनावटलाई पनि निकै आधुनिक र प्रविधिमैत्री बनाइएको छ । बेयोनको इन्टेरियरमा कभ्र्ड डुअल–स्क्रिन सेटअप, भेन्युमा जस्तै टु–टोन स्टेयरिङ ह्विल र गोलाकार भित्री डोर ह्यान्डलहरू समावेश गरिएका छन् ।
हुन्डाईले यो नयाँ गाडीलाई भेन्यु र क्रेटाको बीचको सेग्मेन्टमा राखेर बिक्री गर्ने योजना बनाएको छ । आकर्षक डिजाइन र आधुनिक सुविधासहितको यो एसयूभी आगामी फेस्टिभ सिजनसम्ममा बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...