हुन्डाई बायोनको एक्सटेरियर डिजाइन सार्वजनिक, फेस्टिभ सिजनमा लन्च हुँदै

हुन्डाईले आफ्नो नयाँ मिड साइज एसयूभी बायोनको एक्सटेरियर डिजाइन सार्वजनिक गर्न थालेको छ। कम्पनीले हालै बायोनका नयाँ टिजर तस्बिर र भिडियो सार्वजनिक गरेको हो।

हुन्डाई बायोनलाई भेन्यु र क्रेटाबीचमा राखिने अपेक्षा गरिएको छ। सो एसयूभी आगामी फेस्टिभ सिजनमा लन्च गर्न सक्ने अनुमान गरिएको छ । टिजरमा बायोनको फ्रन्ट निकै आधुनिक र आक्रामक देखिएको छ । यसमा स्प्लिट टाइप एलईडी लाइट सेटअप दिइएको छ। साथै एल आकारको एलईडी डीआरएल, एलईडी टेललाइट र अलोय ह्विल पनि देखिएको छ । यसको डिजाइन हुन्डाई भेन्युको नयाँ पुस्तामा देखिएको लाइटिङ लेआउटसँग केही हदसम्म मिल्दोजुल्दो देखिन्छ। फ्रन्टमा पार्किङ सेन्सरसमेत देख्न सकिन्छ।

एसयूभीमा १७ इन्चको ड्युअल टोन अलोय ह्विल प्रयोग गरिएको छ । ह्विल आर्च वरिपरि बाक्लो ब्ल्याक क्ल्याडिङ राखिएको छ भने ढोकामा सार्प क्यारेक्टर लाइनहरू देखिन्छ । साथै पुल टाइप डोर ह्यान्डल, फङ्सनल रूफ रेल र फ्लेर्ड ह्विल आर्चसहितको क्रसओभर देख्न सकिन्छ ।  बायोनको पछाडिको डिजाइन पनि टिजरमार्फत देखाइएको छ। यसमा पातलो र र्‍यापराउन्ड उल्टो एल–आकारका एलईडी टेललाइट दिइएको छ। दुवै टेललाइटलाई जोड्ने गरी बाक्लो ब्ल्याक स्ट्रिप राखिएको छ।

बायोनको लम्बाइ ४ मिटरभन्दा बढी हुने अपेक्षा गरिएको छ। यसमा क्रेटाको १.५ लिटर पेट्रोल इन्जिन प्रयोग हुने अपेक्षा गरिएको छ। यसमा म्यानुअल र सीभीटी गियरबक्सको विकल्प उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। साथै, हुन्डाईले पहिलो पटक ४ मिटरभन्दा लामो आफ्नो कारमा फ्याक्ट्री–फिटेड सीएनजी विकल्प उपलब्ध गराउन सक्ने अनुमान गरिएको छ ।

बायोनको इन्टेरियर डिजाइन ब्राजिलमा बिक्री हुने चौथो पुस्ताको हुन्डाई आई२० बाट प्रभावित हुने अपेक्षा गरिएको छ। यसको ड्यासबोर्डमा लेयर्ड डिजाइन, ड्युअल डिजिटल स्क्रिन, थ्री स्पोक स्टेयरिङ ह्विल र सेन्टर कन्सोलमा ठाडो रूपमा राखिएको एसी कन्ट्रोल प्यानल देख्न सकिने सम्भावना छ।

कम्पनीले हालसम्म यसको आधिकारिक मूल्य र स्पेसिफिकेसन सार्वजनिक गरेको छैन। तथापि रिपोर्टका अनुसार यसमा अनुमानित मूल्य ९ लाखदेखि १४ लाख भारुसम्म हुन सक्ने अपेक्षा गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...