होन्डाको दशैं अफर : १ लाखसम्मको नगद पुरस्कार र ७ वर्षसम्मको निःशुल्क सर्भिसिङ

काठमाडौं–होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैंको अवसरमा ‘यो दशैं, आशाको सुरुवात’ नामक स्किम सार्वजनिक गरेको हो ।

यस अफरअन्तर्गत होन्डाका दुईपांग्रे सवारी साधन खरिद गर्ने ग्राहकहरूले नगद छुट, स्क्र्याच कुपन र साप्ताहिक लकी ड्रमार्फत विभिन्न उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो योजनाअन्तर्गत सवारी साधनको खरिदमा ग्राहकले तत्कालै पाउने स्क्र्याच कुपनमार्फत १ लाखसम्म जित्ने मौका पाउनेछन् । त्यस्तै, कम्पनीले ‘होण्डा छ साथ–साथ’ शीर्षकमा साप्ताहिक लकी ड्र योजना पनि ल्याएको छ, जसअन्तर्गत हरेक हप्ता नेपालका सातै प्रदेशबाट १÷१ जना गरी कुल ७ जना भाग्यशाली विजेता छनोट गरिनेछ र उनीहरूले १ लाखसम्म जित्न सक्नेछन् ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस योजनाका विजेताहरूले पाउने रकम बराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणासमेत गरेको छ ।

मुख्य उपहारसँगै ग्राहकले सवारी साधन खरिद गर्दा थप सुविधाका रूपमा थप स्क्र्याच कुपनमार्फत १० हजारसम्म जित्ने मौका, ७ वर्षको निःशुल्क सर्भिसिङ वा ५ वर्षको वार्षिक मर्मत सम्झौता (एएमसी) मध्ये कुनै एक विकल्प रोज्न सक्नेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...