होन्डाले भारतको टाटा टेक्नोलोजीसँग मिलेर सवारी साधन प्लेटफर्म विकास गर्ने, लागत घटाउन सहयोग पुग्ने
जापानी अटो निर्माता कम्पनी होन्डाले इलेक्ट्रिक तथा हाइब्रिड र...
होन्डाले भारतीय बजारमा मिड साइज एसयूभी एलिभेटको फेसलिफ्ट भर्सन ल्याउने तयारी गरिरहेको छ। कम्पनीले अहिलेसम्म यसको आधिकारिक घोषणा नगरे पनि रिपोर्टका अनुसार नयाँ एलिभेट फेसलिफ्ट अक्टोबरमा लन्च हुन सक्ने अपेक्षा गरिएको छ ।
फेसलिफ्ट मोडलमा एक्सटेरियर डिजाइनमा नयाँ फ्रन्ट ग्रिल, अपडेटेड बम्पर, नयाँ अलोय ह्विल र परिमार्जित लाइटिङ सेटअप हुने अनुमान गरिएको छ । यसको क्याबिनमा पनि केही अपडेट हुनेछ। नयाँ एलिभेटमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, नयाँ इन्टेरियर, ३६० डिग्री क्यामेरा र भेन्टिलेटेड सिटजस्ता फिचर थपिन सक्नेछ ।
यद्यपि, पावरट्रेनमा भने ठुलो परिवर्तन नहुने सम्भावना छ। नयाँ एलिभेटमा हालकै १.५ लिटर पेट्रोल इन्जिनलाई निरन्तरता दिइनेछ। यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प उपलब्ध रहने अपेक्षा गरिएको छ।
कम्पनीले नयाँ फेसलिफ्ट एलिभेटको सबै फिचर र मूल्यबारे जानकारी दिएको छैन । अक्टोबरमा लन्च भएमा नयाँ एलिभेटले भारतीय मिड साइज एसयूभी बजारमा थप प्रतिस्पर्धा गर्ने देखिन्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...