भारतमा वार्षिक ८० लाख बाइक उत्पादन गर्ने होन्डाको योजना

काठमाडौं–होन्डाले भारतलाई आफ्ना दुई पाङ्ग्रे सवारी साधनको प्रमुख उत्पादन तथा विश्वव्यापी केन्द्र बनाउने योजना अघि सारेको छ । सोहि योजना अनुरुप कम्पनीले सन् २०२८ सम्ममा उत्पादन क्षमता वृद्धि गरेर वार्षिक ८० लाखसम्म उत्पादन गर्ने योजना बनाएको हो ।

कम्पनीका अध्यक्ष तथा सीईओ सुत्सुमु ओटानीका अनुसार सन् २०२८ सम्ममा भारतमा रहेका चार वटा उत्पादन केन्द्रहरूको उत्पादन क्षमता हालको ६२.५ लाख युनिटबाट बढाएर ८० लाख युनिट पु-याउने लक्ष्य राखिएको छ ।

उनका अनुसार, हाल सबै उत्पादन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन् र यो विस्तार स्थानीय बजार तथा निर्यात दुवैलाई ध्यानमा राखेर गर्न लागिएको हो ।

होन्डाले हाल भारतबाट युरोपमा सीबी ३५० निर्यात गर्दै आएको छ भने सीबी ५०० को निर्यात सम्भावनाको पनि मूल्याङ्कन गरिरहेको छ । अफ्रिका, मध्य तथा दक्षिण अमेरिकाका उदीयमान बजारहरू कम्पनीको प्राथमिकतामा रहेका छन् ।

विशेष गरी भौगोलिक निकटताका कारण अफ्रिका अत्यधिक सम्भावनायुक्त बजार बनेको कम्पनी भनाई छ । उच्च आयात शुल्क र नियामक जटिलताहरूलाई ध्यानमा राख्दै स्थानीयस्तरमै पार्टपुर्जा उत्पादन गर्नका लागि मेक इन इन्डिया अभियानलाई होन्डाले विशेष जोड दिएको छ ।

भारतको दुई पाङ्ग्रे सवारी बजार सामान्य कम्युटरबाट माथि उठेर प्रिमियम सेग्मेन्टतर्फ अग्रसर भइरहेकाले होन्डाले आफ्नो रेडविङ्ग र बिगविङ्ग च्यानलमार्फत उत्पादनहरूमा भिन्नता देखाउन खोजिरहेको छ ।

यस योजनाबद्ध विस्तारसँगै होन्डाले विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको बजारमा पनि प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...