होन्डा इलेक्ट्रिक एसयूभीको भारतीय सडकमा परीक्षण चल्दै, छिट्टै लन्च हुने तयारी
होन्डाले आफ्नो नयाँ इलेक्ट्रीक एसयूभी जेरो अल्फा ईभीलाई भारतीय सडकमा...
होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया लिमिटेडले आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल एक्सआर३००एल र एक्सआर३०० र्यालीको मूल्य घोषणा गरेको छ । यी दुवै मोटरसाइकलको मूल्य घोषणा गर्नुका साथै बुकिङसमेत खुला गरेको छ।
होन्डाको सी मोटरसाइकलमा २९३ सीसीको एयर कुल्ड इन्जिन प्रयोग गरिएको छ। सो इन्जिनले २४ एचपी अधिकतम पावर उत्पादन गर्छ। दुवै मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सन सिस्टम दिइएको छ। दुवैमा २१ इन्चको फ्रन्ट र १८ इन्चको रियर वायर स्पोक ह्विल प्रयोग गरिएको छ।
एक्सआर३०० र्यालीमा ५ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, नकल गार्ड, र्यालीबाट प्रेरित बडीवर्क, ठूलो क्षमताको फ्युल ट्याङ्की र अग्लो विन्डस्क्रिन उपलब्ध छ । एक्सआर३०० एलमा पनि एड्भेन्चर र ड्युअल स्पोर्ट मोटरसाइकललाई सुहाउने डिजाइन र हार्डवेयर प्रयोग गरिएको छ। २१ इन्च फ्रन्ट र १८ इन्च रियर स्पोक ह्विल संयोजन, टेलिस्कोपिक फ्रन्ट फोर्क र मोनोशक रियर सस्पेन्सन उपलब्ध छ ।
होन्डाको सो दुवै मोटरसाइकल होन्डा सीबी३००एफको २९३.५ सीसीको एयर–कुल्ड इन्जिन जडान गरिएको छ, जसले २४ एचपी पावर र २६.५ एनएमको टर्क उत्पादन गर्छ । सो इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ ।
भारतीय बजारमा एक्सआर३००एलको मूल्य १ लाख ८३ हजार भारु र एक्सआर३०० र्यालीको मूल्य २ लाख ८ हजार भारु तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...