पठाओको ट्याक्सी सेवा तेस्रो वर्षमा, तीन छक्क पर्ने योजना, निःशुल्क ट्याक्सी चढ्न पाइने
पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ...
सवारी साधन प्रयोग गर्नेहरूको संख्या तीव्र रूपमा बढ्दै गएको छ। साथै समय समयमा सवारी साधनमा विभिन्न समस्याहरु आइरहेको हुन्छ । यस्ता समस्याका कारण गाडी मर्मतका लागि सेवा केन्द्र वा ग्यारेजसम्म पुग्नुपर्छ। ग्यारेजमा मेकानिकहरूले कारका विभिन्न पार्टपुर्जा सफा गर्न पेट्रोल प्रयोग गर्नु सामान्य हुन्छ। तर के पेट्रोलले कारका पार्टपुर्जा सफा गर्नु सुरक्षित हो ?
पेट्रोल एक सल्भेन्ट भएकाले यसले गाडीका पार्टपुर्जामा जमेको फोहोर, तेल, ग्रीज र कार्बन छिटो हटाउन मद्दत गर्छ। यही कारणले गर्दा मेकानिकले यसलाई सफाइका लागि प्रयोग गर्छन् । खासगरी अत्यधिक फोहोर भएका पार्टपुर्जाहरू सफा गर्न पेट्रोल प्रभावकारी मानिन्छ। अन्य केही रसायनको तुलनामा पेट्रोलले चाँडै असर देखाउने भएकाले काम छिटो सम्पन्न गर्न सहयोग पुग्छ।
पेट्रोल प्रयोग गर्दा यसको अर्को फाइदा भनेको छिटो सुक्नु हो। पार्टपुर्जा सफा गरेपछि धेरै समय कुर्नु नपर्ने भएकाले ती भागहरू तुरुन्तै गाडीमा पुनः जडान गर्न सकिन्छ। यसले मर्मतको समय छोट्याउन मद्दत गर्छ र गाडी छिटो तयार हुन्छ।
तर पेट्रोलले पार्टपुर्जा सफा गर्नु पूर्ण रूपमा सुरक्षित भने होइन। पेट्रोल अत्यन्तै ज्वलनशील पदार्थ भएकाले अलिकति लापरवाही हुँदा पनि आगलागीको जोखिम रहन्छ। साथै, खुला ठाउँमा वा सुरक्षा मापदण्ड बिना प्रयोग गर्दा स्वास्थ्यमा पनि असर पर्न सक्छ। त्यसैले प्रशिक्षित र अनुभवी मेकानिकले आवश्यक सावधानी अपनाएर प्रयोग गरेमा मात्र यसबाट ठूलो समस्या नआउने विशेषज्ञहरूको भनाइ छ।
पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले...
टु ह्विलर स्पेयर पार्ट्सको व्यवसायमा छुट्टै पहिचान वनाएको कम्पनी हो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...