नाडा अध्यक्ष करण चौधरीले भने – अटो व्यवसायीलाई व्यवसायमा टिकाउनु नै अहिलेको प्रमुख चुनौती

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अहिलेको अवस्थामा कुनै पनि अटोमोबाइल व्यवसायीलाई आफ्नै व्यवसायमा टिकाउनु नै प्रमुख चुनौती रहेको बताएका छन् ।

ललितपुृरमा अवस्थित बाइक मेकानिक्सहरुको संस्था नेपाल अटो मेकानिक्स व्यवसायी संघको चौथो साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै चौधरीले सो कुरा बताएका हुन् । उनले अटो मेकानिक्ससँग भएको सिपका आधारमा उनीहरुलाई अटो डाक्टर भन्नु पर्ने बताउदै आफूले समेत अटो मेकानिक्सबाटै आफ्नो करियर प्रारम्भ गरेको बताए । अटो मेकानिक्सको योगदान अतुलनिय रहेको बताउदै उनले अहिले भने यस प्रकारको व्यवसायलाई बचाउनु र रोजगारी संरक्षण गर्नु पर्ने अवस्था आएको बताए ।

नेपालमा रहेका अटो मेकानिक्स मध्ये ३४ प्रतिशत यो पेशाबाट पलायन भएको र अधिकांश नेपाल वाहिर गएर काम गर्न बाध्य भएको उनले बताए । उनले भने, ‘यसरी पलायन हुनबाट रोक्न र यही क्षेत्रमा लागिरहनका लागि प्रेरित गर्नुपर्ने अवस्था आएको र यसतर्फ सबैले ध्यान दिनुपर्ने आवश्यकता छ । यो कुरा कुनै पनि व्यवसायीले आफैबाट सुरु गरेर युवा जनशक्ति पलायन हुनबाट रोक्नु पर्ने अवस्थाछ ।’ नाडाले यस्ता कुरामा प्रेरित गर्दै आगामी दिनमा सबैसँग सहकार्य गरेर अगाडि बढ्ने चौधरीले बताए ।

काठमाडौंमा अवस्थित चारपांग्रे सवारी साधन मर्मतमा संलग्न व्यवसायीहरुको संस्था नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले हाल इलेक्ट्रिक सवारी साधन समेत नेपालमा भित्रिरहेको समयमा त्यस्ता सवारी साधनको मर्मतका लागि समेत अटो मेकानिक्सहरु तयार हुनुपर्ने बताए । गुणस्तरहीन पार्ट्स, लुब्रिकेन्ट र मर्मत सम्भारका कारण सवारी साधनमा गम्भीर क्षति पुग्ने र यसले राष्ट्रकै आर्थिक अवस्थामा समेत असर पु-याउने भएकाले उनले अटो मेकानिक्स सो क्षतिको भागीदार नहुने गरी कार्य गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए ।

सो अवसरमा एम्पियर इलेक्ट्रिक स्कुटरको बिक्रेता केडिया इन्टरनेसनलको तर्फबाट दुर्गेश यादव, नेपाल गोल्ड लुब्रिकेन्टको वितरक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको तर्फबाट दिनेश खनाल, डायनाभोल्ट ब्याट्रीको वितरक आइरन मंकको तर्फबाट आवेश चौलागाई लगायतले आफ्ना उत्पादनको वारेमा जानकारी प्रदान गर्दै मेकानिक्सहरुसँग व्यावसायिक सहकार्यको लागि आह्वान गरे ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष रुद्रबहादुर खड्का र निवर्तमान अध्यक्ष राजकुमार बिकेले आगामी दिनमा समेत संघले सबै व्यवसायीको हितलाई ध्यानमा राखेर कार्य गर्ने र यस कार्यमा सबैको सहयोगको अपेक्षा गरे ।

सो अवसरमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल र अन्य अटोमोबाइल व्यवसायी तथा अटो मेकानिक्सहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

कारको क्रयास टेस्टमा सेफ्टी रेटिङ कसरी गरिन्छ ? के फाइदा छ ?

कारको क्रयास टेस्टमा सेफ्टी रेटिङ कसरी गरिन्छ ? के फाइदा छ ?

कार किन्दा अन्य फिचरमा बाहेक कारको सेफ्टीमा विशेष ध्यान दिनु पर्छ ।...

एनआईयूले नेपाल ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर र मोटरसाइकल, यस्तो छ मूल्य र विशेषता

एनआईयूले नेपाल ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर र मोटरसाइकल, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– एनआईयूले नाइमा मोबिलिटी एक्सपोमा दुई नयाँ इलेक्ट्रिक बाइक लन्च...

११ सिटे विद्युतीय भ्यानको भन्सार १ प्रतिशतबाट पुग्यो १० प्रतिशत

११ सिटे विद्युतीय भ्यानको भन्सार १ प्रतिशतबाट पुग्यो १० प्रतिशत

काठमाडौं – सरकारले सार्वजनिक गरेको बजेटमार्फत ११ वा सो भन्दा बढी सिट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...