ललितपुर महानगरले सञ्चालनमा ल्यायो वातावरण भ्यान

ललितपुर–ललितपुर महानगरपालिकाले वातावरण भ्यान सञ्चालनमा ल्याएको छ । महानगरका मेयर चिरीबाबु महर्जनले बिहीबार एक विशेष कार्यक्रमका बिच उक्त भ्यानको शुभारम्भ गरेका हुन् ।

महानगरभित्र बढ्दो प्रदूषण नियन्त्रण र वातावरणीय अनुशासन कायम गराउन यो भ्यानले सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ । यस नवनिर्मित संयन्त्रमार्फत महानगर क्षेत्रमा हुने वातावरणीय क्षति रोक्न अनुगमन र कारबाहीलाई तीव्र पारिनेछ ।

विशेष गरी वातावरण प्रहरीले यो भ्यानको प्रयोग गरी नगरका विभिन्न ठाउँमा पुगेर खुला रूपमा आगो बाल्ने र प्लास्टिकजन्य वस्तु जलाउने कार्यलाई पूर्ण रूपमा निषेध गर्नेछन् ।

त्यस्तै, सडकमा अत्यधिक धुवाँ फाल्ने सवारी साधन र मापदण्ड विपरीत सञ्चालित उद्योगहरूको समेत यसै भ्यानमार्फत नियमित अनुगमन गरिने महानगरले जनाएको छ ।

वातावरण भ्यानको परिचालनले जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने र सडक किनारका रुखबिरुवामा क्षति पु¥याउनेहरूमाथि तत्काल कारबाही गर्न सहज हुनेछ । सहरको कुरुपतालाई बढावा दिने अव्यवस्थित विज्ञापन तथा पोस्टर टाँस्ने कार्यलाई पनि अब कडाइका साथ नियन्त्रण गरिनेछ ।

सम्बन्धित समाचारहरू

टाटा एस इलेक्ट्रिकको डेलिभरी शुरु, कहिले आउला नेपाल ?

टाटा एस इलेक्ट्रिकको डेलिभरी शुरु, कहिले आउला नेपाल ?

टाटा मोटर्सले एस इलेक्ट्रिकको भारतमा डेलिभरी शुरु गरेको छ । यो इलेक्ट्रिक...

महाराष्ट्रका ९० प्रतिशत ओला शोरुम बन्द गर्न निर्देशन, यस्तो छ कारण

महाराष्ट्रका ९० प्रतिशत ओला शोरुम बन्द गर्न निर्देशन, यस्तो छ कारण

महाराष्ट्र सरकारले ओला इलेक्ट्रिकलाई आफ्नो राज्यमा रहेका ९० प्रतिशत...

सरकारले चार्जिङ स्टेसनको बिस्तार गर्ने

सरकारले चार्जिङ स्टेसनको बिस्तार गर्ने

काठमाडौँ -सरकारले विद्युतिय सवारी साधनलाई प्रोत्साहन गरी निजी क्षेत्रको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...