सत्यदीप इन्टरनेश्नललाई अटोमोटिभ अफ्टर मार्केटमा अन्तर्राष्ट्रिय मान्यता
काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित कम्पनी सत्यदीप इन्टरनेश्नलले...
पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ नेपालले आकर्षक योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत सित्तैमा ट्याक्सी बुकिङ गर्न समेत सकिने कम्पनीले जनाएको छ ।
कार लाइट तेस्रो वार्षिकोत्सवका दिन अगस्ट ९ मा ३ बजेदेखि ३ मिनेटसम्म पठाओ एप प्रयोग गरी बुकिङ गरिएका सबै ट्याक्सी राइड नि:शुल्क हुने प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यात बताउँछन् ।
जसमा सेवाग्राहीले कुनै शुल्क तिर्नुपर्दैन, सो रकम पठाओ नेपालले ट्याक्सी चालकलाई भुक्तानी गर्नेछ । साथै अगस्ट १ देखि अगस्ट ९ भित्र 'तीनछक्क पर्ने योजना' अन्तर्गत तीन जना क्याप्टेन (ट्याक्सी चालक) ले राइडको समयमा तीन जना प्रसिद्ध सेलिब्रेटीको हातबाट आकर्षक धनराशिका साथै उपहारहरू पाउने व्यवस्था गरिएको छ ।
कार लाइट सेवालाई नेपालमा लोकप्रिय बनाउन मद्दत गर्ने क्याप्टेन र सेवाग्राहीको अमूल्य योगदानको पहिचान गर्दै यो योजना ल्याइएको बस्न्यात बताउँछन् ।
‘म र हाम्रो कम्पनी यो कोसेढुङ्गा पार गर्न पाएकोमा धेरै कृतज्ञ छौँ,' बस्न्यात थप्छन्,'हामी हाम्रा हजारौँ क्याप्टेन र सेवाग्राहीको समर्थनमा अर्को सफल वार्षिकोत्सवको प्रतीक्षामा छौँ ।'
गेटदेखि गेटसम्म सेवा रहेको पठाओको एपमा नै भाडा देखिने भएकाले बार्गेनिङको झन्झट नभएकाले पठाओ ट्याक्सी सहज र लोकप्रिय बनेको छ ।
पछिल्लो समय पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ। सन् २०१९ अगस्ट ९ मा पठाओले शुरू गरेको ‘कार लाइट’मा हाल करिब ९ हजार ट्याक्सी आवद्ध छन् ।
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ मार्फत नेपालमा सेवा सुरू गरेको ट्याक्सी सेवासँगै पठाओले पठाओ बजार, पठाओ फुड, पठाओ लोकल समेत सञ्चालनमा ल्याएको छ ।
काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित कम्पनी सत्यदीप इन्टरनेश्नलले...
काठमाडौं – भारतको प्रतिष्ठित स्पेयर पार्ट्स ब्रान्ड ‘डकाई’ नेपाल...
काठमाडौं रुपन्देहीको देवदहस्थित मयुर स्टिल इन्डस्ट्रिजले उत्पादन गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...