नयाँ वर्ष देखि काठमाडौंमा अत्याधुनिक प्रविधि र सुरक्षा सहितका रात्रिकालीन बस चल्ने

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने बसहरू हरेक २० मिनेटको अन्तरमा आउनेछन् भने बसमा सीसीटीभी क्यामेराका साथै सुरक्षाका लागि नगर प्रहरी समेत रहनेछन् ।

दुईवटा रुटमा यस प्रकारका बस सञ्चालन हुनेछन् । पहिलो रुटमा ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुनेछ भने दोस्रो रुट थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म हुनेछ । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् ।

‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ ।’ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल भन्छिन्, ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ । त्यसमा पनि किशारी र महिलाहरुले दुव्र्यवहार भोग्नु परेको छ । विद्यार्थीहरुलाई आर्थिक रुपमा धेरै मर्का छ । यो अवस्थामा सुधार गर्न सेवा दिन लागेका हौँ ।’

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र अर्यालले बेलुकी समेत उपत्यकामा धेरै व्यक्तिहरुले यात्रा गर्नु पर्ने र कम मूल्यमै सुरक्षित यातायात उपलब्ध गराउनका लागि साझाका बसहरुले भूमिका खेल्ने बताए । हाल साझा यातायातले नयाँ प्रविधिमार्फत प्रत्येक रुटका बस र यसमा भएका यात्रुहरुको गतिविधिलाई ट्र्याकिङ गर्नका लागि आवश्यक प्रविधिको परीक्षण गरिरहेको छ ।

सेवा प्रारम्भ गर्दा साँझ ८ बजेदेखि राति ११ बजेसम्म बसहरु सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरुमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी हुनेछन् ।

सम्बन्धित समाचारहरू

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

काठमाडौं – नेपाल प्रहरीले बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस...

गल्फ इन्डष्ट्रियल पार्टनर सेमिनार वीरगन्जमा सम्पन्न

गल्फ इन्डष्ट्रियल पार्टनर सेमिनार वीरगन्जमा सम्पन्न

नेपालमा गल्फ लुब्रिकेन्टकाे उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको...

कार इन्जिनको स्पार्क प्लग कहिले र कसरी परिवर्तन गर्ने? यी कुरामा ध्यान दिनुहोस्

कार इन्जिनको स्पार्क प्लग कहिले र कसरी परिवर्तन गर्ने? यी कुरामा ध्यान दिनुहोस्

स्पार्क प्लग गाडीको इन्जिनको महत्त्वपूर्ण भाग हो, जसले इन्धन र हावाको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...