साझा बसलाई ‘ब्लु बस’ बनाउने वारे बहस : के भने कुलमान र यात्रीले ?
काठमाडौं – सरकारले साझा बसलाई रङ परिवर्तन गरेर ‘ब्लु बस’ बनाउने र...
काठमाडौं - नेपालको सार्वजनिक यातायात क्षेत्रलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र अन्तराष्ट्रिय स्तरको बनाउने दीर्घकालीन लक्ष्यसहित साझा यातायातले हिजो विश्वकर्मा पूजाको पावन अवसर पारेर आफ्ना सम्पूर्ण दैनिक कार्यप्रणाली, टिकेटिङ तथा समग्र सञ्चालनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा स्तरोन्नति गरेको औपचारिक घोषणा गरेको छ।
बिहीबार आयोजित विशेष समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनिता डंगोल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा सेवाको शुभारम्भ गरे ।
सार्वजनिक यातायातलाई थप व्यवस्थित र भरपर्दो बनाउन साझा यातायातले गत वैशाख महिनादेखि नै यस प्रणालीको निरन्तर परीक्षण तथा मूल्यांकन गर्दै आएको बताएको छ। विभिन्न चरणका प्राविधिक तथा व्यावहारिक परीक्षणहरु सफलतापूर्वक सम्पन्न भएपछि आज २०८३ असोज १ गतेदेखि यसलाई पूर्ण क्षमताका साथ व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो।
सडकमा गुड्ने साझा यातायातका सम्पूर्ण बसहरूको प्रत्यक्ष गतिविधि, लोकेसन ट्रयाकिङ, व्यवस्थापन, यात्रु चाप तथा चालक दलको कार्यसम्पादन अब एउटै केन्द्रीय नियन्त्रण कक्ष अर्थात अत्याधुनिक कमान्ड एन्ड कन्ट्रोल सेन्टरबाट रियल टाइममा निगरानी तथा नियमन गरिने व्यवस्था गरिएको छ । यसले कुनै पनि प्राविधिक समस्या, ट्राफिक जाम वा आकस्मिक अवस्थामा तुरुन्तै निर्देशन र समन्वय गर्न मद्दत पुग्नेछ भने सवारी साधनको समय तालिकालाई थप प्रभावकारी बनाउनेछ ।
त्यसैगरी नगदरहित अर्थात क्यासलेस यात्रालाई प्रवद्र्धन गर्ने उद्देश्यले बसभित्रै डिजिटल टिकेटिङको व्यवस्था गरिएको छ । सुरुवाती चरणमा यात्रुहरूलाई कुनै अतिरिक्त कार्ड वा नयाँ एप डाउनलोड गर्ने झन्झट नहोस् भन्नका लागि यात्रुसँग पहिलेदेखि नै उपलब्ध रहेका भुक्तानी माध्यमहरुलाई प्राथमिकतामा राखिएको छ । यस अन्तर्गत नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाद्वारा जारी गरिएका बैंक कार्डहरू ट्याप गरेर वा नेपाल पे क्यूआर तथा अन्य सबै क्यूआर मार्फत कोड स्क्यान गरी तुरुन्तै बस भाडा भुक्तानी गर्न सकिनेछ ।
आगामी दिनमा सबै स्थानमा यात्रा गर्नका लागि ट्राभल कार्ड जारी गर्नुका साथै यात्रु तथा कर्मचारीका लागि विभिन्न प्रोत्साहन योजना समेत ल्याइने साझा यातायातले बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...