कार रेडिएटर के हो ? यसले के काम गर्छ ?
कारमा यस्ता धेरै उपकरण जडान गरिएको हुन्छ जसले कारको परफर्मेन्समा...
टु ह्विलर स्पेयर पार्ट्सको व्यवसायमा छुट्टै पहिचान वनाएको कम्पनी हो आरएसके ट्रेडिङ कन्सर्न । यो कम्पनीले हाल चीनबाट आफ्नै ब्रान्डमा २० भन्दा वढी प्रकारका स्पेयर पार्ट्स आयात गरी कारोवार गर्दै आएको छ । सुलभ मूल्यमा गुणस्तरिय पार्ट्स उपलब्ध गराउँदै आएका कारण बजारमा एचवार्ईवी एमआर, एचवाईवी एमएफ, एचवाईवी एसएस, पीएसडी, एक्सजीवी, एनएसटी र केयरवे लगायत ब्रान्ड लोकप्रिय वनिरहेको कम्पनीका संचालक शशिकान्त अग्रवाल बताउँछन् । २०६४ सालदेखी स्पेयर पार्ट्सको व्यावसाय गर्दै आएको कम्पनीले १५ वर्ष पुरा गरेको अवसरमा उनीसंग नेपाल अटोले स्पेयर पार्ट्स व्यावसायको वर्तमान अवस्था, कम्पनीको भावी योजना र यो व्यवसायमा देखिएका विभिन्न चुनौतीहरुका विषयमा कुराकानी गरेको छ ।
आरएसके ट्रेडिङ कन्सर्नले नेपालमा स्पेयर पार्ट्सको व्यवसाय शुरु गरेको १५ वर्षे यात्रा कस्तो रह्यो ?
हामीले व्यावसाय शुरु गर्दा बजारमा भारतीय ब्रान्डको एकलौटी बजार थियो । यस्तोमा मैले पनि भारतीय ब्रान्डसंग जोडिएर व्यवसाय गर्न सकिन्छ कि भनेर अध्यायन समेत गरे । लगत्तै चीनको पनि भ्रमण गरेर कम्पनीहरुसंग कुराकानी अघि बढाए । चिनीयाँ कम्पनीसंगको कुराकानी पछि मलाई आफ्नै ब्रान्डमा काम गर्ने इच्छा जाग्यो । त्यसपछि कम्पनीसंग वसेर गुणस्तरमा सम्झौता नगर्नेगरी सुलभ मूल्यमा कसरी स्पेयर पार्ट्स उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा छलफल अघि बढ्यो ।
सो समय चिनीयाँ कम्पनी पनि नेपालमा आफ्नो व्यावसाय विस्तार गर्न भरपर्दो माध्यमको खोजीमा थिए । दुवै पक्षले गुणस्तरमा सम्झौता नगरी कारोवार अघि बढाउने सहमती वनेपछि हामीले यो व्यावसाय शुरु गरेका हौ । सानो स्केलबाट शुरु गरेको हाम्रो यो व्यवसाय अहिले एक दर्जन वढी व्रान्डमा २० भन्दा वढी प्रकारका स्पेयर पार्ट्स सहित अघि वढिरहेको छ । सुलभ मूल्यमा गुणस्तरिय पार्ट्स आयत गरी कारोवार गरिरहेका कारण एकातर्फ ग्राहकलाई निकै फाइदा पुगेको छ भने अर्कोतर्फ राज्यलाई समेत आयतमा फाइदा भएको छ ।
चिनीयाँ ब्रान्डका स्पेयर पार्ट्समा ग्राहकको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?
हामीले व्यावसाय शुरु गर्दा चिनीयाँ ब्रान्डप्रति ग्राहकको वुझाई त्यत्ति सकरात्मक थिएन । चिनीयाँ ब्रान्ड भन्ने वित्तिकै सवै कमसल गुणस्तरका हुन्छन् भन्ने मान्यता थियो । जसका कारण जोकोही व्यावसायीलाई पनि चिनीयाँ ब्रान्ड भनेर बजारमा जान चुनौती थियो । तर हामीले भने व्यावसाय शुरु गरेको पहिलो दिनदेखी नै चिनीयाँ कम्पनीले उत्पादन गरेको ब्रान्ड हो भनेर बजारमा गयौं ।
हामी आफूले ल्याएको स्पेयर पार्ट्सको गुणस्तरमा शतप्रतिशत विश्वस्त थियौ र जसका कारण चिनीयाँ ब्रान्ड भनेर जान हामीलाई कुनै समस्या भएन । पछि बजारमा हाम्रो ब्रान्डले राम्रो पर्फमेन्स दिन थाल्यो र माग वढ्दै गयो । त्यसपछि हामीले पनि नयाँ नयाँ प्रडक्ट थप्दै गयौ ।
तर बजारमा अझै पनि कमसल गुणस्तरका चिनीयाँ पार्ट्स बिक्री भइरहेको छ भन्ने सुनिन्छ नि ?
चिनीयाँ ब्रान्डको विषयमा ग्राहकले वुझ्नु पर्ने कुरा के छ भने, आजको दिनमा चीन हरेक सामानको उत्पादन हव नै हो । यस्तोमा त्यहाँ कमसलदेखी उच्च गुणस्तर सम्मको सामान उत्पादन हुन्छ । फरक यत्ति हो कि तपाईले कुन मूल्यमा कस्तो सामान ल्याउँदै हुनुहुन्छ र त्यो सामानलाई बजारमा कसरी बिक्री गर्दै हुनुहुन्छ भन्ने हो । यस्तोमा हामीले शुरुदेखी नै राम्रो कम्पनीको खोजी गर्यौ र गुणस्तरमा सम्झौता नगर्ने गरी डिल गर्यौ ।
सोही अनुसार अहिले हामीसंग भएका सवै व्रान्ड चीनको मल्टिनेश्नल कम्पनीले उत्पादन गरिरहेका छन् । जसका कारण गुणस्तरमा ग्राहकले कुनै गुनासो गर्नु परेको छैन र हामीले पनि गुणस्तरिय सामानलाई एकदमै सुलभ मूल्यमा बिक्री गरेर देशको अर्थतन्त्र र उपभोक्तामाथी न्याय गरिरहेका छौ । चिनीयाँ कम्पनीसंग काम गर्दा हामीलाई टार्गेट मिट गर्नुपर्ने कुनै प्रेसर छैन । उनीहरु सदैव हामीलाई आफूले सकेको राम्रो गर्नु भनेर हौसला दिन्छन् ।
आर्थिक मन्दिले अहिले स्पेयर पार्ट्सको कारोवारलाई कस्तो असर पारिरहेको छ ?
अर्थतन्त्रमै मन्दि देखिएका कारण स्पेयर पार्ट्स यसको असरबाट अछुतो रहने भन्ने कुरै भएन । बजारमा अहिले माग निकै कम भएको छ । सामानको माग कम हुँदा कारोवार प्रभावित वनिरहेको छ भने अर्कोतर्फ वैंकको व्याजदर बृद्धि हुँदा खर्च वढेर व्यावसाय धान्न नै मुश्किल हुने अवस्था सिर्जना भएको छ । उधारोको समस्या झनै विकराल छ । यस्तो अवस्थामा व्यावसायलाई कसरी अघि बढाउने भन्ने चुनौती बढेको छ ।
अहिले हामी व्यावसायीलाई सवैभन्दा ठूलो समस्या वैंकका कारण सिर्जना भइरहेको छ । मौद्रिक नितीका केही प्रावधान र उधारोको समस्याका कारण सामान आयत गर्न नै कठिन वनेको छ । यी समस्याको उचित समाधान तत्कालै नखोजिए देशको अर्थव्यवस्थामै दिर्घकालिन असर पुग्ने निश्चित छ ।
सरकारको गलत नितीका कारण हामीलाई व्यावसाय गर्न गाह्रो भयो भन्ने यहाँहरुले गुनासो गर्दै आइरहनु भएको छ । खासमा सरकारी नितीमा समस्या चाहिँ कहाँ छ ?
सरकारी नितीको कुरा गर्नुपर्दा यहाँ समस्या नभएको ठाउँ नै छैन जस्तो लाग्छ । सरकारी नितीकै कारण अहिले व्यावसायी वैंकमा जान पनि डराउनु पर्ने अवस्था सिर्जना भएको छ । राष्ट्र वैंकको गलत नितीका कारण अहिले व्याजदर बढेर कहाँ पुग्यो सवैलाई थाहा भएकै कुरा हो । अर्कोतर्फ व्यावसाय गर्न वैंकले कर्जा नै नदिने अवस्था सिर्जना पनि सरकारकै नितीका कारण वनेको हो । व्यावासयी भनेका चोर र ठग हुन, यीनीहरुलाई सकेसम्म गोद्नुपर्छ भन्ने मान्यता सरकारी निकायले वनाएका छन् । जसले जेन्यूइन तवरबाट व्यावसाय गरिरहेको छ, उसले समस्या नै समस्या भोग्नुपर्ने अवस्था छ भने अवैध कारोवारीलाई फुक्काफाल छ ।
हामी व्यावसायीलाई सवैभन्दा ठूलो समस्या अहिले भन्सारको कारण भइरहेको छ । भन्सारमा उल्लेख गरिएको सन्दर्भ मूल्य सूची अवैज्ञानिक हुँदा पनि राज्यले सोही आधारमा सामान जाँचपाँस गरिरहेको छ । अर्कोतर्फ एलसी मार्फत आएको सामानमा सन्दर्भ मूल्य सूची लागु नहुने भन्ने पनि नियम त छ, तर त्यसो हुन सकिरहेको छैन । कुनै न कुनै वाहना वनाएर भन्सार विन्दुमा सामान रोक्ने र व्यावसयीलाई दुख दिने काम भइरहेको छ । यसले भन्सार कर्मचारीको नियतमै खोट छ भन्न सकिन्छ । राज्यलाई कर तिरेर राजश्वमा योगदान गर्दै आइरहेका जेन्यूइन व्यावसायीलाई कुनै न कुनै वाहनामा दुख दिने काम तत्काल वन्द गरिनुपर्छ भन्ने मेरो जोडदार माग रहँदै आएको छ ।
व्यावसायमा देखिएका समस्याको उचित समाधान गर्न राज्यले के गर्नुपर्ला ?
यसका लागी राज्यका निकायले हामी व्यावसायीसंग वसेर छलफल गर्नुपर्छ । हाम्रो खास समस्या के हो र यसले कुनकुन क्षेत्रमा कस्तो असर पारिरहेको छ भन्ने विषयमा राज्यका सम्वन्धित निकायहरु जानकार हुनैपर्छ । त्यसपछि समस्याको समाधानका लागि पहलकदमी लिनुपर्छ ।
हामीले सामान मगाउँदा भन्सार कार्यलयमा अनावश्यक सास्ति खेप्नु परिरहेको छ । तर उक्त सास्तिको विषयमा भन्सार विभागसंग कुरा गर्दा आफूहरुलाई केही थाहा नभएको जस्तो गर्नुहुन्छ । यसले गर्दा पनि भन्सार कार्यलय र विभागविच नै समन्वय नभएको हो कि भन्ने लाग्छ । अर्को कुरा राष्ट्र वैंकले मौद्रिक निती ल्याउनु अघि र सरकारले बजेट ल्याउनु अघि व्यावसायीसंग वसेर छलफल गर्दा यसले राम्रो सन्देश जाने मेरो वुझाई हो ।
स्पेयर पार्ट्सकै कुरा गर्नपर्दा अहिले बजारमा अवैध कारोवारले निकै समस्या सिर्जना गरिरहेको छ भन्ने पनि सुन्नमा आएको छ । यस विषयमा चाँही के भन्न चाहनुहुन्छ ?
अवैध कारोबारको समस्या अहिलेको मात्र होइन । यो विगतदेखी नै चल्दै आएको समस्या हो । फरक यत्ति हो अहिले अलि वढिरहेको होला । बजारमा अवैध कारोवारीको ठूलो संजाल सक्रिय छ भन्ने विषयमा राज्यका निकायहरु जानकार भएपनि यसलाई नियन्त्रण गर्न उनीहरुले सक्रियता देखाइरहेका छैनन् । बजारमा कसले कस्तो सामान कुन च्यानलबाट ल्याइरहेको छ भन्ने विषयमा राज्यका निकायले अनुगमन गर्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन ।
यसरी अवैध तवरबाट आएका सामानको कारोवार विल विजक वेगर भइरहेको छ, तर त्यसलाई नियन्त्रण गर्न पनि ध्यान पुगेको छैन । जसका कारण राज्यले यो क्षेत्रबाट उठाउनु पर्ने ठूलो रकम राजश्व गुमाइरहेको छ । अवैध कारोवारीकै कारण हामीजस्ता जेन्यूईन व्यावसायीको व्यापारमा ५० प्रतिशत भन्दा वढी क्षती पुगेको छ ।
नेपालमा अहिले एसेम्वल उद्योग लगाउने एक प्रकारको लहर नै चलेको छ । यस्तोमा स्पेयर पार्ट्सलाई पनि स्वदेशमै उत्पादन गर्न सकिने संभावना कत्तिको छ ?
स्वदेशमा एसेम्वल प्लान्ट लाग्न थाल्नु आफैमा राम्रो कुरा हो । कुनै पनि देशले उत्पादनलाई तिव्रता दिन शुरुमा एसेम्वलबाटै यात्रा तय गर्ने हो । तर एसेम्वल उद्योगको विषयमा राज्यले स्पष्ट र दिर्घकालिन निती ल्याउनु पर्छ । हामीकहाँ लाग्ने एसेम्वल उद्योगको क्षमता, बजार संभावना र यसले राज्य एवं उपभोक्तालाई दिने लाभ लगायतका विषयमा सवैभन्दा पहिले राज्य स्पष्ट वन्नुपर्छ र सोही अनुसार यस्ता उद्योगलाई सहुलियत दिइनुपर्छ भन्ने मेरो मान्यता हो ।
जहाँसम्म स्पेयर पार्ट्सको एसेम्वल स्वदेशमै गर्न सकिन्छ कि भन्ने तपाईको जिज्ञास छ, यसमा म के भन्न चाहन्छु भने गाडी र मोटरसाइकलको एसेम्वल गरेजस्तो यो त्यत्ति सहज भने छैन । एउटा मोटरसाइकल र गाडीमा हजारौ प्रकारको स्पेयर पार्ट्स आवश्यक पर्छ । ति सवै हामीले एसेम्वल अर्थात उत्पादन गर्न त नसकौला तर पनि केही आइटमा भने अवश्य सक्छौ । यस विषयमा मैले चिनीयाँ कम्पनीहरुसं कुराकानी गर्दा उनीहरुले पहिले देशको निती स्पष्ट हुनुपर्छ भनेर भन्छन् ।
यसका लागी सरकाले स्वदेशमा एसेम्वल हुने गाडी अर्थात मोटरसाइकलमा केही सामान अनिवार्य रुपमा स्वदेशी नै प्रयोग गर्नुपर्ने नियम ल्याउनु पर्छ । यसले भोलिका दिनमा यसप्रकारका एसेम्वल उद्योग खुल्ने क्रम बढ्छ । अर्कोतफ यहाँ खपत भएर वढी भएका स्पेयर पार्ट्सलाई विदेशमा निर्यात गर्न पाउने नियम समेत ल्याउनु पर्छ । यसका लागी सरकारले कच्चा पदार्थ आयत र तयारी सामान निर्यातमा एकदमै उदार दिलका साथ सहुलियत दिन सक्नुपर्छ ।
कारमा यस्ता धेरै उपकरण जडान गरिएको हुन्छ जसले कारको परफर्मेन्समा...
काठमाडौं – नेपाली बजारमा बोसको आधिकारिक वितरक सत्यदीप ग्रुपको आयोजनामा...
पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...