पहिलो पटक अपर मुस्ताङ पुग्यो होन्डा एलिभेट

काठमाडौं – होन्डा एलिभेट पहिलो पटक अपर मुस्ताङ र मुक्तिनाथ सम्म पुगेको छ ।

गत वर्षको असोज महिनामा नेपाल भित्रिएको भए पनि हालै मात्र एक जना ग्राहकले सो गाडी मुस्ताङ पु¥याएका हुन् । यो गाडीमा सेगमेन्टकै उत्कृष्ट मानिने २२० एमएम ग्राउन्ड क्लियरेन्स छ । यसकारण अफरोडका लागि समेत होन्डा एलिभेट उत्कृष्ट मान्न सकिन्छ ।

त्यसैगरी होन्डा एलिभेट एसयूभीमा एडास, भीएसए, एबीएस, एस बडी स्ट्रक्चर, लेन वाच क्यामेरा लगायतका विभिन्न विशेषता छन् ।

गाडीमा भएको १.५ लिटरको इन्जिनले १२१ एचपी पावर र १४५ एनएम टर्क जेनेरेट गर्छ ।

एलिभेटको एक्सटेरियरमा एलईडी डीआरएल सहितको फुल एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी टर्न इन्डिकेटर तथा रियर एलईडी लाइट पाउन सकिन्छ । होन्डाले एलिभेटमा सिंगल प्यानल सनरुफ दिएको छ ।

यसैगरी इन्टेरियरमा फराकिलो स्पेस, ठूलो साइजको हेड र लेगरुम, ७ इन्चको मल्टी इन्फर्मेसन डिस्प्ले र १०.२५ इन्चको हाई डेफिनेसन फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले पाउन सकिन्छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राइभिङ अनुभव दिने होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ ।

हाल नेपाली बजारमा होन्डा एलिभेटको मूल्य ६२ लाख ५० हजार रुपैयाँ देखि सुरु हुन्छ । मोडल र भेरिएन्ट अनुसार यसको मूल्य फरक छ ।

सम्बन्धित समाचारहरू

भित्रियो होन्डा हाइनेस सीबी ३५०, गर्ला रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा ?

भित्रियो होन्डा हाइनेस सीबी ३५०, गर्ला रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा ?

होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल...

होन्डाको पावरफुल एसयूभी चाँडै लन्च हुने, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा हुने

होन्डाको पावरफुल एसयूभी चाँडै लन्च हुने, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा हुने

जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो भारतीय उत्पादन पोर्टफोलियोमा...

इन्डोनेसियामा सार्वजनिक भयो होन्डाको नयाँ एड्भेन्चर टुरर बाइक होन्डा सीबी१५०एक्स

इन्डोनेसियामा सार्वजनिक भयो होन्डाको नयाँ एड्भेन्चर टुरर बाइक होन्डा सीबी१५०एक्स

होन्डाले २०२१ जीआईआईएएस अर्थात गायकिन्डो इन्डोनेसिया इन्टरनेसनल अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...