भित्रियो होन्डा हाइनेस सीबी ३५०, गर्ला रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा ?

होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल भित्रिसकेको छ । यसको बुकिङ प्रारम्भ भइसकेको छ । रेट्रो स्टाइलको हाइनेस सीबी ३५० भित्रिएसँगै यसले अब नेपाली बजारमा प्रभाव कायम गरेको रोयल इन्फिल्ड क्लासिक ३५० सँग कस्तो प्रतिस्पर्धा गर्ला भनेर धेरैले चासो राखेका छन् ।

मूल्य
होन्डाले हाइनेस सीबीको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकेको बताइएको छ । यद्यपि हाल बुकिङ गर्ने ग्राहकलाई ५० हजार रुपैयाँ छुट उपलब्ध हुनेछ । त्यस्तै बजारमा रोयल इन्फिल्ड क्लासिक ३५० सिंगल च्यानल एबीएसको मूल्य ५ लाख १५ हजार र ड्युअल च्यानल एबीएसको मूल्य ६ लाख ५ हजार रुपैयाँ छ ।

सामाजिक सञ्जालहरुमा धेरैले होन्डाको नयाँ बाइक महंगो भएको प्रतिक्रिया जनाएको पाइएको छ । यद्यपि मूल्यले मात्र नभएर अन्य फिचरले समेत यसमा प्रभाव पार्न सक्छ ।

इन्जिन
हाइनेस सीबीमा ३४८.३६ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै रोयल इन्फिल्डमा ३४६ सीसी छ, जसले ५,५०० आरपीएममा १९.१ बीएचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ ।

फिचर्स
झट्ट हेर्दा होन्डाको हाइनेस सीबी सानो छ । तर पूर्णतः मेटल बडीका कारण हेभी छ । जसको तौल १ सय ८१ किलोग्राम छ । बाइकमा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम छ । बाइकको अघिल्लो भागमा एलईडी लाइटको प्रयोग गरिएको छ । १७ इन्चको अलोय ह्विलका साथ ट्युबलेस टायर छ । दुवै पांग्रामा डिस्क ब्रेक छ । यो बाइक दुई भेरिएन्ट डीएलएक्स र डीएलएक्स प्रो मा उपलब्ध छन् ।

त्यस्तै रोयल इन्फिल्ड क्लासिक ३५० पनि आफ्नै फिचर्सको कारण बजारमा लोकप्रिय छ । यसका पनि विभिन्न भेरिएन्टमा बाइकहरु उपलब्ध छन् । १९ इन्चको ह्विलको साथ फ्रेट टायर छ । जसको इन्धन क्षमता १३.५ लिटर छ ।

सम्बन्धित समाचारहरू

आश्चर्यजनक फिचर सहित रोयल इन्फिल्डले इलेक्ट्रिक बाइक ल्याउने

आश्चर्यजनक फिचर सहित रोयल इन्फिल्डले इलेक्ट्रिक बाइक ल्याउने

रोयल इन्फिल्डले आफ्नो बाइकहरु अपडेट गर्दैछ । रिपोर्टका अनुसार कम्पनीले...

यसरी लिन सकिन्छ दैनिक १६७ रुपैयाँमा होन्डा साइन, यस्ता छन् अन्य विकल्प

यसरी लिन सकिन्छ दैनिक १६७ रुपैयाँमा होन्डा साइन, यस्ता छन् अन्य विकल्प

नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको होन्डा साइन अहिले पनि उत्तिकै...

होन्डाले ल्यायो २०२३ मोडलको नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस बाइक

होन्डाले ल्यायो २०२३ मोडलको नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस बाइक

होन्डाले नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस लन्च गरेको छ । साथै कम्पनीले यी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...