काठमाडौं आइपुग्यो कामाको विद्युतीय कन्टेनर, यस्तो छ मूल्य र विशेषता
काठमाडौं–कामाको विद्युतीय कन्टेनर ‘ईडब्लु २’ काठमाडौं आइपुगेको छ । हालै...
नेपालभर अन्य ब्रान्डहरूले गाडीको मूल्य निरन्तर बढाइरहेका बेला, भर्खरै सार्वजनिक गरिएको लिपमोटर बी१० को २०२६ मोडल, टप भेरिएन्टले बजारको प्रवृत्ति विपरित कार्य गरेको छ । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले सो गाडीको मूल्य घटाएर रु. ५४ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। यसअघि यसको मूल्य ६० लाख तोकिएको थियो।
यस वर्ष विदेशी मुद्राको विनिमय दरमा भएको वृद्धिका कारण प्रतिस्पर्धी कम्पनीहरूले गाडीको मूल्य ५ देखि १० प्रतिशतसम्म बढाउन बाध्य भएका छन् भने नयाँ आयात महसुलका कारण मूल्य अझै बढ्ने अनुमान गरिएको छ। यद्यपि, सांग्रिला मोटर्सले ग्राहकहरूलाई अतिरिक्त आर्थिक भार नथप्ने उद्देश्यले यो सम्पूर्ण व्ययभार आफैंले बेहोर्ने साहसिक निर्णय गरेको छ।
उत्कृष्ट सुरक्षा, भरपर्दो रेन्ज र अत्याधुनिक प्रविधिको सम्मिश्रण भएको इलेक्ट्रिक गाडी उचित मूल्यमा पाउनु सधैं चुनौतीपूर्ण रहँदै आएको छ। तर, लिपमोटरले यी सबै विशेषताहरू समेटिएको एउटा उत्कृष्ट ईभी बजारमा ल्याएको छ, जसले ग्राहकको हरेक आवश्यकता पूरा गर्नुका साथै सिधै ५ लाख रुपैयाँ बराबरको ठूलो बचत समेत गराउँछ।
धेरै विशेषताहरूले भरिएको यो इलेक्ट्रिक एसयूभी चालकका हरेक मुख्य अपेक्षाहरू पूरा गर्ने गरी तयार पारिएको छ। सुरक्षाका लागि यसमा ’युरो एनक्याप’ ५–स्टार सेफ्टी रेटिङ, लेभल २ एडास प्रणाली र सुरक्षित यात्राका लागि आवश्यक स्पेयर टायर उपलब्ध छ।
कार्यक्षमताको कुरा गर्दा, यसमा रहेको शक्तिशाली १६० किलोवाटको मोटर र ६७.१ किलोवाट आवरको ब्याट्रीले ६०० किलोमिटरसम्मको रेन्ज (सीएलटीसी) प्रदान गर्छ। साथै, यसको १८० एमएमको ग्राउन्ड क्लियरेन्सले नेपालका विभिन्न सडकहरूमा ढुक्कसँग यात्रा गर्न मद्दत गर्छ।
यसको प्रिमियम क्याबिनभित्र हिटेड र भेन्टिलेटेड सिट, प्यानोरामिक सनरुफ तथा सहज रूपमा चल्ने एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी जस्ता आधुनिक सुविधाहरू छन्, जसले ग्राहकलाई कुनै पनि सम्झौता नगरी आफ्नो बजेटभित्रै उत्कृष्ट श्रेणीको प्रिमियम गाडी चढ्ने अवसर प्रदान गर्छ।
लिपमोटर विश्वव्यापी रूपमा स्थापित उत्कृष्ट ईभी ब्रान्ड हो, जसलाई चर्चित अटोमोबाइल समूह ’स्टेलान्टिस’को बलियो साथ रहेको छ। स्टेलान्टिसअन्तर्गत मासेराटी, जिप र प्युजो जस्ता विश्वका १४ प्रतिष्ठित ब्रान्डहरू आबद्ध छन्।
लिपमोटरले यस्तो उत्कृष्ट मूल्य र योजना ल्याउन सक्नुको मुख्य कारण चीनको नम्बर १ इभी स्टार्टअपका रूपमा बजारमा यसको बलियो उपस्थिति भएको कम्पनीको भनाइ छ । यसको सफलता विश्वभर १० लाखभन्दा बढी गाडी बिक्री भइसकेको तथ्यले पनि प्रमाणित गर्छ, जसमा गत मे महिनामा मात्रै कम्पनीले ८१ हजार ५६९ वटा गाडी सफलतापूर्वक डेलिभरी गरिसकेको छ।
कम्पनीले भनेको छ – लिपमोटर रोज्नु भनेको ढुक्क हुनु हो, किनभने यसको विश्वका ४० भन्दा बढी देशहरूमा १ हजार ७०० भन्दा धेरै बिक्री तथा सेवा केन्द्रहरूको फराकिलो सञ्जाल रहेको छ।
काठमाडौं–कामाको विद्युतीय कन्टेनर ‘ईडब्लु २’ काठमाडौं आइपुगेको छ । हालै...
टोयोटाले आगामी पुस्ताको इलेक्ट्रिक सवारी साधनका लागि सोलिड स्टेट...
बजाजले चेतक इलेक्ट्रिक स्कुटरको लाइनअपमा नयाँ मोडेल थपेको छ । चेतक सी२५०१...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...