होन्डाले नयाँ स्कुटर ल्याउदै, टिजर सार्वजनिक
आफ्नो फ्ल्यागसिप मोडल एक्टिभाका साथ स्कुटर बजारमा राज गरिरहेको होन्डाले...
होन्डाले २०२१ जीआईआईएएस अर्थात गायकिन्डो इन्डोनेसिया इन्टरनेसनल अटो शोमा नयाँ सीबी१५०एक्स एड्भेन्चर बाइक प्रदर्शन गरेको छ । सो बाइक सीबी२००एक्सको सिरिज हो । जसलाई केही महिना पहिले भारतीय बजारमा लन्च गरिएको थियो ।
लुक र डिजाइन
बाइकमा लामो फ्रन्ट बेक, अग्लो विन्डस्क्रिन, फराकिलो ह्यान्डलबार र सिंगल पीस सिट समावेश गरिएको छ । नयाँ सीबी१५०एक्सको फ्युल ट्यांक सीबी२००एक्सको भन्दा ठूलो र बोल्ड छ । साथै इन्जिन एलिमेन्टलाई क्षतिबाट जोगाउनको लागि यसको तल बलियो ब्यास प्लेट जडान गरिएको छ ।
इन्जिन र पावर
होन्डा सीबी१५०एक्समा फुल डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल, १४९ सीसी, लिक्विड कुल्ड, फ्युल इन्जेक्टेड इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ९००० आरपीएममा १६.५ बीएचपीको पावर र ७,००० आरपीएममा १३.८ एनएमको पीक टर्क जेनेरेट गर्छ । यो इन्जिन ६ स्पिड कन्स्टेन्ट मेस गियरबक्ससँग जोडिएको छ ।
ब्रेकिङ र सस्पेन्सन
सीबी२००एक्सको तुलनामा सीबी१५०एक्सको सिट उचाइ ८०५ एमएम छ । बाइकको ग्राउन्ड क्लियरेन्स १८१ एमएम रहेको छ । सीबी१५०एक्समा १७ इन्चको मल्टि–स्पोक अलोय ह्विल, फ्रन्टमा १५० एमएम र ३७ एमएम शोआ यूएसडी फोर्क्स दिइएको छ । ब्रेकिङका लागि बाइकको फ्रन्ट र रियरमा सिंगल डिस्क ब्रेक प्रयोग गरिएको छ जसमा एबीएस उपलब्ध रहेको छ ।
मूल्य
नयाँ होन्डा सीबी१५०एक्सको मूल्य इन्डोनेसियामा बेस भेरिएन्टको लागि करिव २ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
आफ्नो फ्ल्यागसिप मोडल एक्टिभाका साथ स्कुटर बजारमा राज गरिरहेको होन्डाले...
काठमाडौं– होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ...
काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...