रसुवामा बाढीको प्रारम्भिक विवरण : ४१ किलोमिटर सडक, ८ जलविद्युत् र २४ वटा पुलमा पूर्ण क्षति
रसुवा – भोटेकोशी बाढीले रसुवामा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो...
काठमाडौं– काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने तथा सवारी दुर्घटनाको दर घटाउने उद्देश्यसहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष सडक सचेतना अभियानको थालनी गरेको छ ।
‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ भन्ने नाराका साथ सोमवारदेखि उपत्यकाभर अभियान औपचारिक रूपमा सञ्चालन गरिएको हो ।
ट्राफिक प्रहरीले सवारी चालक तथा सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रति जिम्मेवारीबोध बढाउने लक्ष्यसहित यो अभियान अघि सारेको जनाएको छ । विशेष गरी तीव्र गतिमा सवारी चलाउने, हेल्मेट तथा सिटबेल्ट प्रयोग नगर्ने, मोबाइल प्रयोग गर्दै ड्राइभ गर्ने जस्ता लापरबाहीपूर्ण व्यवहारलाई नियन्त्रण गर्न अभियान केन्द्रित गरिएको छ ।
अभियान अन्तर्गत उपत्यकाका प्रमुख चोक, व्यस्त सडक खण्ड तथा सार्वजनिक यातायातका रुटहरूमा ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ । चालकहरूलाई ट्राफिक नियमको महत्वबारे जानकारी दिइने, पर्चा–पम्पलेट वितरण गरिने तथा सडकमा प्रत्यक्ष संवादमार्फत सचेतना फैलाइने योजना रहेको छ ।
ट्राफिक प्रहरीले नियम उल्लङ्घन मात्र होइन, दुर्घटना न्यूनीकरणलाई पनि प्राथमिकतामा राखेर जनचेतना अभिवृद्धि गर्न अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ । साथै, नियम पालना गर्ने बानी विकास भएमा सडक सुरक्षा सुधारिने र अनावश्यक जरिवाना तथा दुर्घटनाबाट बच्न सकिने पनि अधिकारीहरूको भनाइ छ ।
यस अभियानलाई उपत्यकामा दीर्घकालीन रूपमा प्रभावकारी बनाउने लक्ष्यसहित निरन्तर सञ्चालन गरिने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...