राइडर मेनिया र राइडर्स मिटको घोषणा, यी मितिमा हुनेछ राइडरहरुको भव्य जमघट

काठमाडौं – प्रत्येक वर्ष जस्तै यो वर्ष पनि बबएमसी राइडर मेनिया र नेपाल राइडर्स मिट हुने भएको छ । हिजो आयोजित एक कार्यक्रमका बिच आयोजक फोरे नेपालले यसका लागि मिति घोषणा गरेको हो ।

बबएमसी राइडर मेनिया आगामी सन् २०२७ फेब्रुअरी ५ देखि ८ सम्म हुनेछ भने नेपाल राइडर्स मिट मार्च ६ देखि ८ सम्म हुनेछ । अन्तर्राष्ट्रिय पर्यटन दिवस तथा फोरे नेपालको वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमका बिच सो मिति घोषणा गरिएको हो ।

फोरे नेपाल अर्थात फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपालको आयोजनामा चितवन देवनगरस्थित एलटीके हवेली रिसोर्टमा २४औं संस्करणको बबएमसी राइडर मेनिया हुनेछ । सो राइडर मेनियामा नेपालका साथै भारत, भुटान, अमेरिका, युके, क्यानडा, आयरल्यान्ड, अष्ट्रेलिया, बंगलादेश, स्कटल्यान्ड, अष्ट्रिया, दुबई, कतार र बहराइन लगायतका देशका राइडर सहभागी हुनेछन् । फोरे नेपालका अध्यक्ष सुनिल मानन्धर ‘डायमन्ड’ का अनुसार सो इभेन्टमा ३ हजार देखि ४ हजार ५ सय सम्म सहभागी हुने अनुमान गरिएको छ ।

बबएमसी अर्थात ब्रदरहुड अफ बुलेटियर्स मोटरसाइक्लिङ कन्सोर्टियम राइडर मेनिया अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट हो । यो भन्दा पहिले सन् २०२० मा पोखराको पामेमा यस्तै इभेन्टको आयोजना फोरे नेपालले गरेको थियो ।

बबएमसी राइडर मेनिया प्रत्येक वर्ष आयोजित हुन्छ । विशेषगरी रोयल इन्फिल्ड बाइक राइडर सहभागी हुने उक्त राइडर भेलामा क्लासिक, भिन्टेज तथा एड्भेन्चर बाइक राइडर समेत सहभागी हुनेछन् ।

त्यसैगरी नेपाल राइडर्स मिटमा ६ सय देखि ८ सय सम्म राइडर सहभागी हुनेछन् । मोटरसाइकल संस्कृति र लाइफस्टाइलमार्फत स्थानीय पर्यटनलाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले उनीहरु यस प्रकारको इभेन्ट आयोजना गर्छन् । फोरे नेपाल अन्तर्गत रहेका नेपालभरका विभिन्न इन्फिल्ड क्लबहरु यसको आयोजक हुने गर्छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...