बालबालिकाका लागि हिरो भिडाको डर्ट.ई के३ इलेक्ट्रिक डर्ट बाइक लन्च

हिरो मोटोकर्पले बालबालिकाका लागि विशेष रूपमा डिजाइन गरिएको इलेक्ट्रिक डर्ट बाइक भिडा डर्ट.ई के३ लन्च गरेको छ । यो अफरोड बाइक ४ देखि १० वर्ष उमेर समूहका बच्चाहरूलाई लक्षित गरिएको हो । सानो उमेरमै मोटरस्पोर्ट्सप्रति रुचि राख्ने बालबालिकालाई ध्यानमा राखेर तयार गरिएको यस बाइकमा स्पिड कन्ट्रोलदेखि सेफ्टी र एप–आधारित सुविधासम्म समावेश गरिएको छ।

भिडा डर्ट.ई के३ मा तीन प्रकारका स्पिड मोड र तीन फरक सिट हाइटको विकल्प दिइएको छ। अभिभावकहरूले स्मार्टफोन एपमार्फत बाइकको गति सीमा र एक्सेलेरेशन नियन्त्रण गर्न सक्छन्, जसले गर्दा बच्चाहरूले सुरक्षित रूपमा बाइक चलाउन सक्छन्। यही एपमार्फत सवारीसम्बन्धी डेटा हेर्न पनि सकिने सुविधा दिइएको छ।

भिडा डर्ट.ई के३ को सुरुवाती मूल्य ६९ हजार ९९० भारु राखिएको छ । यो मूल्य पहिलो ३०० युनिटका लागि मात्र मान्य हुनेछ। त्यसपछि यसको मूल्य बढ्ने अपेक्षा गरिएको छ।

सो बाइक निकै हल्का छ, जसको तौल केवल २२ किलोग्राम रहेको छ। यसमा स्मल ४५४ एमएम, मिडियम ५४४ एमएम र हाई ६३१ एमएम गरी तीन प्रकारका सिट उचाइ सेटअप उपलब्ध छ । एडजस्टेबल च्यासिसका कारण बच्चा बढ्दै जाँदा ह्विलबेस, ह्यान्डल हाइट र सिट हाइट परिवर्तन गर्न सकिन्छ ।

सेफ्टीका लागि सो बाइकमा रिमुभेवल फुटपेग्स दिइएको छ । ह्यान्डलबारमा चेस्ट प्याड जडान गरिएको छ, जसले लड्दा चोट लाग्नबाट जोगाउँछ। यसमा म्याग्नेटिक किल स्विचको सुविधा पनि छ, जसले आपतकालीन अवस्थामा बाइकलाई तुरुन्तै बन्द गर्छ। यसमा पछाडिको ब्रेक मात्र राखिएको छ ।

भिडा डर्ट.ई के३ मा ३६० किलोवाटको रिमुभेवल लिथियम आयन ब्याट्री र ५०० वाटको मोटर जडान गरिएको छ। यसमा लो, मिड र हाई गरी तीन राइडिङ मोड छ । सो बाइकले ८ किलोमिटर प्रतिघण्टा, १७ किलोमिटर प्रतिघण्टा र २५ किलोमिटर प्रतिघण्टासम्मको उच्चतम गति दिन्छ।

सम्बन्धित समाचारहरू

यस्तो छ नेपाली बजारमा उपलब्ध हिरो एक्सपल्स २०० फोरभी

यस्तो छ नेपाली बजारमा उपलब्ध हिरो एक्सपल्स २०० फोरभी

नेपाली बजारमा हिरो एक्सपल्स २०० फोरभी पहिलो पटक गत चैत महिनामा नेपाल...

नेपाली बजारमा आयो नयाँ सुपर स्प्लेन्डर

नेपाली बजारमा आयो नयाँ सुपर स्प्लेन्डर

काठमाडौं – नेपाली बजारमा नयाँ सुपर स्प्लेन्डर सार्वजनिक भएको छ । प्रिमियम...

हिरो इलेक्ट्रिकले माग्यो देशका यी स्थानमा डिलर, यस्तो छ तीनवटा मोडलको मूल्य र विशेषता

हिरो इलेक्ट्रिकले माग्यो देशका यी स्थानमा डिलर, यस्तो छ तीनवटा मोडलको मूल्य र विशेषता

हिरो इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई मोविलिटीले देशका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...