बुटवलमा अटोमोबाइल क्षेत्रका श्रमिकलाई स्वास्थ्य सुरक्षा तालिम

बुटवल – बुटवल अटो भिलेजका अटोमोबाइल क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी तीनदिने दक्षता अभिवृद्धिमूलक प्रशिक्षण तालिम बुटवलमा सुरु भएको छ ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा स्वास्थ्य केन्द्र, ललितपुरको आयोजना र बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको सहकार्यमा तालिम सञ्चालन भएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तालिमको उद्घाटन गर्दै उद्योग व्यवसाय कलकारखाना क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि सुरक्षा तथा दक्षता वृद्धि गर्न यस्ता तालिम सहयोगी हुने बताए । उनले सिकेका सीपलाई व्यवहारमा लागु गर्न सुझाव समेत दिए ।

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र ललितपुरका अध्यक्ष उमेश यादवले तालिममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको परिचय, कार्यस्थलमा खतरा तथा जोखिमको श्रोतहरु, अग्नि सुरक्षा तथा प्राथमिक उपचार एवं व्यक्तिगत सुरक्षाका साधनहरु रासायनिक खतरा तथा सुरक्षाका उपाय, विद्युतीय सुरक्षा, उचित गृह संभार तथा श्रम ऐन तथा नियमावली, स्वास्थ्य सम्बन्धी कानुनी व्यवस्था लगायतका बारेमा तालिम दिने जानकारी दिए ।

यस्ता तालिम विभिन्न सेक्टरमा काम गर्ने श्रमिकहरुलाई दिदै आएको पनि उनले बताए । बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष तुल्सीराम न्यौपानेले अटो भिलेजमा थुप्रै श्रमिक र व्यवसायी रहेकाले यस्ता तालिमले निरन्तरता पाउनु पर्ने बताउदै श्रमिकहरुका लागि तालिम निकै उपयोग हुने बताए ।

प्रशिक्षकमा सुरक्षा तथा स्वास्थ्य केन्द्रका अध्यक्ष उमेश यादव, शाखा अधिकृत सतिस उपाध्याय, ई. अनिसकुमार यादव रहेका छन् भने कार्यक्रम महासचिव ध्रुवराज भुसालले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचारहरू

५९ वर्ष पहिलेको इतिहास : कारमै चढेको समयमा अमेरिकी राष्ट्रपति केनेडीको हत्या

५९ वर्ष पहिलेको इतिहास : कारमै चढेको समयमा अमेरिकी राष्ट्रपति केनेडीको हत्या

सन् १९६३ को नोभेम्बर २२ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले...

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पाण्डे विजयी

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पाण्डे विजयी

बुटवल – पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यम प्रसाद पाण्डे...

प्रशासनको स्वीकृति : उपत्यकामा विहान ९ बजे सम्म अटो मेकानिक्स व्यवसायीहरु आवतजावत गर्न सक्ने

प्रशासनको स्वीकृति : उपत्यकामा विहान ९ बजे सम्म अटो मेकानिक्स व्यवसायीहरु आवतजावत गर्न सक्ने

काठमाडौं – अटो वर्कसप सञ्चालन गरिरहेका अटो मेकानिक्स व्यवसायीहरु राती ९...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...