प्रशासनको स्वीकृति : उपत्यकामा विहान ९ बजे सम्म अटो मेकानिक्स व्यवसायीहरु आवतजावत गर्न सक्ने

काठमाडौं – अटो वर्कसप सञ्चालन गरिरहेका अटो मेकानिक्स व्यवसायीहरु राती ९ बजे देखि विहान ९ बजे सम्म एक स्थानबाट अर्को स्थानमा आवतजावत समेत गर्न सक्ने भएका छन् ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघको माग अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यो भन्दा पहिले जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको सूचनामा सो अवधिमा वर्कसप खोल्न अनुमति दिएको भए पनि व्यवसायीहरु वर्कसप आवतजावत गर्नका लागि भने समस्या भोग्दै आएका थिए ।

संघले गरेको माग अनुसार अब व्यवसायीहरु संघको परिचय पत्रका आधारमा आवतजावत गर्न सक्ने छन् ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र उपाध्यक्ष माधवबहादुर रिमालका साथै निवर्तमान अध्यक्ष दीपक खड्का समेतको प्रतिनिधि मण्डलले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा गएर आवश्यक सहजीकरणका लागि अनुरोध गरेको थियो । यसका आधारमा प्रशासनले सो अनुमति दिएको अध्यक्ष न्यौपानेले बताए ।

फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीका साथै अन्य अत्यावश्यक कार्यका लागि सञ्चालन भएका सवारी साधनहरुको मर्मत सम्भार गरी सञ्चालन योग्य बनाउनु अटो मेकानिक्स व्यवसायीहरुको कर्तव्य भएको र अटो मेकानिक्स पेशा व्यवसाय पनि अत्यावश्यक सेवा भित्र पर्ने व्यहोरा समेत संघले अवगत गराएको थियो ।

सम्बन्धित समाचारहरू

उपत्यकामा लाग्यो ६ बजेदेखि निषेधाज्ञा, के खुल्छ, के खुल्दैन ?

उपत्यकामा लाग्यो ६ बजेदेखि निषेधाज्ञा, के खुल्छ, के खुल्दैन ?

काठमाडौं – काठमाडौं उपत्यकाका अहिले बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ...

धेरै कारमा प्रयोग हुँदैछ कारमा माइलेज बढाउने यो फिचर, जसले प्रदूषण पनि कम गर्छ

धेरै कारमा प्रयोग हुँदैछ कारमा माइलेज बढाउने यो फिचर, जसले प्रदूषण पनि कम गर्छ

कारको माइलेज बढाउनका लागि विभिन्न कम्पनीले नयाँ कारमा आइडल स्टार्ट स्टप...

बुगाटीले आफ्नो अन्तिम कार बेच्यो, बन्यो विश्व कीर्तिमान

बुगाटीले आफ्नो अन्तिम कार बेच्यो, बन्यो विश्व कीर्तिमान

विश्वको नम्बर १ सुपर कार निर्माता कम्पनी बुगाटीले आफ्नो अन्तिम कम्बसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...