थाइल्यान्डमा जिडब्लुएमको ओभरसिज सम्मेलन सम्पन्न, ५० राष्ट्रका २०० बढी वितरक सहभागी

ग्रेटवाल मोटर (जिडब्लुएम) ले थाइल्यान्डको बैंककमा ‘वान जिडब्लुएम – लाइट द वर्ल्ड’ शीर्षकमा ओभरसिज सम्मेलन २०२२ आयोजना गरेको छ । गत डिसेम्बर २ मा सम्पन्न सो सम्मेलनमा जिडब्लुएमले आफ्नो ब्रान्डको रणनीति विश्वव्यापी ब्रान्ड सिर्जना गर्ने र उत्पादन संरचना गर्ने स्पष्ट पारेको थियो । कार्यक्रममा विश्वका ५० भन्दा बढी राष्ट्र र क्षेत्रका २०० भन्दा बढी वितरकहरू सहभागी थिए ।

जिडब्लुएमका अध्यक्ष म्यु फेङ्गले विश्वव्यापी साझेदारहरूलाई नयाँ ब्रान्डको रणनीति वान जीडब्ल’एमएम बारे घोषणा गर्दै ब्रान्डले यस अवधारणा अनुसार सामूहिक प्रणालीहरू र विश्वव्यापी ठूलो एकल उत्पादन विकास गर्ने खुलस्त पारे । उनले यसको अन्तरसम्बन्धित इकोसिस्टमको आधारमा यसले अनुसन्धान र विकासमा लगानी बढाउनेछ ताकि ब्रान्डको विश्वव्यापी बौद्धिक प्रविधि कम्पनीको रूपान्तरणलाई तीव्रता दिन सकोस् र विश्वव्यापी अनुसन्धान र विकास गर्न संरचना निर्माण गर्न सकोस् भन्ने कुरामा जोड दिए ।

कम्पनीका अनुसार बारम्बार महामारीको प्रकोप र चिप अभावको बावजुद, जिडब्लुएमले अन्तर्राष्ट्रिय बजारमा आफ्नो विस्तार वृद्धि गर्न जारी राख्यो । अक्टोबर २०२२ मा अन्तर्राष्ट्रिय बजारमा कुल बिक्रीको मात्रा २० हजार थान नाघ्यो, जुन ४९.६ प्रतिशत वार्षिक वृद्धि हुन आउछ । जनवरी देखि अक्टोबर सम्म जिडब्लुएमको संचयी बिक्री १ लाख ३० हजार थान नाघ्यो, जुन १८.६ प्रतिशतको वार्षिक वृद्धि हुन आउछ ।

यसले ब्रान्डको वैश्वीकरणमा तीव्रताका साथ विस्तार भैरहेको उजागर हुन्छ । जिडब्लुएमले पहिले नै विश्वभर धेरै नव ऊजा प्रेरित उत्पादनहरू बजारमा ल्याइसकेको छ, तसर्थ स्मार्ट र नयाँ ऊर्जा संचालित गाडीहरूमा आफ्नो बलियो नेतृत्व प्रदर्शन गर्दै आफ्नो विश्वव्यापी पहुँचलाई सुदृढ गरेकोछ । जिडब्लुएमले प्रयोगकताका सन्तुष्टि बढाउन विश्वव्यापी ग्राहक माझ वर्गीकरण र बजारीकरणमा नवीन प्रक्रिया ल्याउने बताएको छ ।

जिडब्लुएमका उपाध्यक्ष पार्कर शिका अनुसार ब्रान्डले थप स्रोतहरू मार्केटिङ सम्बन्धित आयोजनाहरु जस्तै फ्यान कार्निभल, अटोमोबाइल खरिद उत्सव र खेलकुदमा आधारित मार्केटिङ जस्ता कार्यक्रमहरूमा लगानी गर्ने चाहेको बताएको छ, साथै आफ्नो पाँच प्रमुख उप–ब्रान्डहरू, विशेष गरी हाभल, ट्याङ्क, पिकअप, वेर ओराका दर्जनौं सवारी साधनहरू सहित विभिन्न वर्ग र बजारमा दमदार उपस्थिति दिने बताएको छ ।

कम्पनीले यसो गरेर सम्भावित उपभोक्ताहरूलाई आफ्नो ब्रान्डतर्फ थप आकर्षण बढाउने आशा गरेको छ । कार्यक्रममा बोल्दै जिडब्लुएम थाइल्याण्डका प्रतिनिधिले शाखाको सफल सञ्चालनको स्थानीय अनुभव साझा गर्दै नयाँ पर्यावरणीय मार्गले जिडब्लुएमको अन्तर्राष्ट्रिय विस्तारक्रमको सफल सञ्चालनको उदाहरण बनेको बताए ।

अत्याधुनिक प्रविधिद्वारा अनुमोदित, जिडब्लुएमले विदेशी बजार विस्तारक्रमलाई गति दिन आफ्नो उत्पादनहरू, प्रविधिहरू, सेवाहरू र सम्पूर्ण औद्योगिक सञ्जालहरूलाई चौतर्फी प्रवर्द्धन गर्दै विदेशी बजारमा प्रक्षेपित गर्ने बताएको छ ।

नेपाली बजारमा भीजी इम्पेक्सले जिडब्लुएम अन्तर्गतका विभिन्न मोडलका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

प्रशासनको स्वीकृति : उपत्यकामा विहान ९ बजे सम्म अटो मेकानिक्स व्यवसायीहरु आवतजावत गर्न सक्ने

प्रशासनको स्वीकृति : उपत्यकामा विहान ९ बजे सम्म अटो मेकानिक्स व्यवसायीहरु आवतजावत गर्न सक्ने

काठमाडौं – अटो वर्कसप सञ्चालन गरिरहेका अटो मेकानिक्स व्यवसायीहरु राती ९...

कस्तो पर्ला निषेधाज्ञाको असर अटोमोबाइल क्षेत्रमा

कस्तो पर्ला निषेधाज्ञाको असर अटोमोबाइल क्षेत्रमा

बैशाख १६ गतेदेखि पुनः निषेधाज्ञा लागू गर्ने सरकारी निर्णयसँगै व्यावसायिक...

अब निषेधाज्ञामा जथाभावी चल्ने सवारीसाधनलाई ५ हजार सम्म जरिवाना, यस्तो हुनेछ थप कारवाही

अब निषेधाज्ञामा जथाभावी चल्ने सवारीसाधनलाई ५ हजार सम्म जरिवाना, यस्तो हुनेछ थप कारवाही

काठमाडौं – अब मास्क नलगाउने व्यक्तिदेखि निषेधाज्ञाका दौरान लगाइएको नियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...