सबैभन्दा खराब अवस्थाबाट गुज्रिदै पाकिस्तानी अटो उद्योग

कोरोना महामारी पछि विश्वभर अटोमोबाइल बजार पुरानै स्थितिमा फर्किए पनि पाकिस्तानको अवस्था भने ठीक उल्टो छ । पाकिस्तानको अटोमोबाइल उद्योग सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ । देशको बिग्रँदै गएको आर्थिक अवस्थाले अटोमोबाइल उद्योगको कम्मर भाँचिएको छ ।

मिडिया रिपोर्टका अनुसार सन् २०२२–२०२३ को पहिलो त्रैमासिकमा पाकिस्तानमा कारको बिक्री ५१ प्रतिशतले घटेको छ । सो समयमा कुल ४७ हजार युनिट मात्र कार बिक्री भएको छ । साथै जुलाई र सेप्टेम्बरको बीचमा अटो क्षेत्रको वित्तीय परिसूचकमा पनि भारी गिरावट आएको छ ।

पाकिस्तानमा अटोमोबाइल बजार खस्किनुको सबैभन्दा ठूलो कारण त्यहाँको कमजोर आर्थिक अवस्था हो । सेमिकन्डक्टर अभावको कारणले गर्दा पनि पाकिस्तानले यस प्रकारको समस्या झेल्नुपरेको हो । पहिले नै बिग्रिएको अवस्थामा सप्लाई चेनको समस्याले झन् पाकिस्तानको अटो उद्योगमा गम्भीर समस्या निम्त्याएको छ ।

पाकिस्तानका धेरै कार कम्पनीहरूले आफ्नो उत्पादन बन्द गरेका छन् । पाकिस्तानमा सुजुकी मोटर कम्पनीले ३ महिनामा २८ दिनसम्म आफ्नो उत्पादन बन्द गरेको छ । यसैबीच इन्डस मोटर्स, होन्डा एटलस कारले पनि आफ्नो उत्पादन बन्द गर्ने घोषणा गरेका छन् ।

पाकिस्तानी मुद्रा कमजोर हुँदा अटो पार्टपुर्जा आयात गर्न कठिन बन्दै गएको छ । त्यसैले कार उत्पादन घटिरहेको छ । कोरोना अवधिपछि पाकिस्तानको अर्थतन्त्र झनै नराम्ररी डुब्यो । जसका कारण पाकिस्तानमा मूल्य वृद्धि तीव्र गतिमा बढेको र जनताको आयस्रोत घट्नुले पनि यस्तो स्थितिको सामना गर्नुपरेको हो ।

सम्बन्धित समाचारहरू

गत आर्थिक वर्षमा करिब १ खर्ब रुपैयाँको सवारी आयात : रेकर्ड ब्रेक

गत आर्थिक वर्षमा करिब १ खर्ब रुपैयाँको सवारी आयात : रेकर्ड ब्रेक

काठमाडौं – कोरोना महामारीको समयमा पनि गत आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा ९७...

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय

काठमाडौं – काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ...

निषेधाज्ञामा अनुमति विना चल्ने दुई पांग्रेलाई २ हजार र चारपांग्रेलाई ५ हजार जरिवाना हुने

निषेधाज्ञामा अनुमति विना चल्ने दुई पांग्रेलाई २ हजार र चारपांग्रेलाई ५ हजार जरिवाना हुने

काठमाडौं – अब निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...